१ पुस २०८२, मंगलबार | December 16, 2025

सन्जयलाई साईक्लिङ रेसको उपाधि



बुटवल । ह्यप्पी साईक्लिङ क्लबको आयोजनामा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज २०२० को उपाधि बुटवलका सन्जय परियारले चुमेका छन ।

शनिबार भएको रेसमा २६ जनालाई पछि पार्दै उनले २०.१९ मिनेटमा रेस पूरा गर्दै उपाधि चुमेका हुन । उपाधिसंगै उनले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेका छन ।

बुटवलकै समीर रायनले २१.३४ मिनेटमा दुरि पार गर्दै दोस्रो हुँदै नगद ३ हजार ३ सय ३३ रुपैया प्राप्त गरे । दुबै जना बुटवल साईक्लिङ ग्रुपमा आवद्ध छन । यसैगरि बुटवलकै सृजन श्रेष्ठले २५.३३ मिनेटमा दुरि पार गर्दै तेस्रो स्थान हासिल गरेका छन ।

उनले नगद १ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन । भिक्टर फुड र लेभिस लन्च एण्ड बार तथा एफोर्डेबल क्लोथिङ स्टोरको मुख्य प्रायोजन भएको प्रतियोगिताको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले उद्घाटन गर्दै स्वस्थ्य रहन साईक्लिङ महत्वपुर्ण हुने बताए ।

एक कार्यक्रमका बिच रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, क्लबका अध्यक्ष सुमन श्रेष्ठ, कार्यक्रम संयोजक किरण श्रेष्ठ, बुटवल युनाईटेडका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउका अर्जुन गुरुङले पुरस्कार बितरण गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : १५ बजे

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक