२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सन्जयलाई साईक्लिङ रेसको उपाधि



बुटवल । ह्यप्पी साईक्लिङ क्लबको आयोजनामा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज २०२० को उपाधि बुटवलका सन्जय परियारले चुमेका छन ।

शनिबार भएको रेसमा २६ जनालाई पछि पार्दै उनले २०.१९ मिनेटमा रेस पूरा गर्दै उपाधि चुमेका हुन । उपाधिसंगै उनले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेका छन ।

बुटवलकै समीर रायनले २१.३४ मिनेटमा दुरि पार गर्दै दोस्रो हुँदै नगद ३ हजार ३ सय ३३ रुपैया प्राप्त गरे । दुबै जना बुटवल साईक्लिङ ग्रुपमा आवद्ध छन । यसैगरि बुटवलकै सृजन श्रेष्ठले २५.३३ मिनेटमा दुरि पार गर्दै तेस्रो स्थान हासिल गरेका छन ।

उनले नगद १ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन । भिक्टर फुड र लेभिस लन्च एण्ड बार तथा एफोर्डेबल क्लोथिङ स्टोरको मुख्य प्रायोजन भएको प्रतियोगिताको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले उद्घाटन गर्दै स्वस्थ्य रहन साईक्लिङ महत्वपुर्ण हुने बताए ।

एक कार्यक्रमका बिच रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, क्लबका अध्यक्ष सुमन श्रेष्ठ, कार्यक्रम संयोजक किरण श्रेष्ठ, बुटवल युनाईटेडका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउका अर्जुन गुरुङले पुरस्कार बितरण गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : १५ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज