१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …



झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी नगरपालिका-८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ ।

नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी उनले अब एकल महिला भत्ता पाउने भएकी छिन । श्रीमान् शंकर ऋषिदेवको मृत्युपछि पार्वतीको जीवन थप कष्टकर बनेको थियो । आर्थिक अवस्था कमजोर हुनुका साथै नागरिकता नहुँदा उनी सरकारी सेवा सुविधाको पहुँचबाट बाहिर रहेकी थिईन । दैनिक जीवनयापनका आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोग्दै आएकी थिईन ।

नागरिकता प्राप्तीपछि खुसी हुँदै पार्वतिले भनिन, “नागरिकता नहुँदा धेरै समस्या थियो । अहिले नागरिकता बनेको छ, भत्ता पनि पाउने भएँ । मोबाइलसमेत पाएकी छु । अब घर पनि बनाइदिने भन्नुभएको छ, यसले मलाई धेरै खुसी लागेको छ ।”

उनको अवस्थाबारे जानकारी पाएपछि शिवसताक्षी नगरपालिका-८का वडाध्यक्ष सन्तकुमार फेउदिनले नागरिकता बनाउन पहल गरेका थिए । उनकै पहलमा पार्वतीले शत्रबार वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेकी हुन । त्यसपछि वडा कार्यालयले एकल महिला सामाजिक सुरक्षा परिचयपत्र बनाइदिएको छ । अब उनले चालु आर्थिक वर्षको कात्तिकदेखि मासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछिन ।

वडा सचिव पुष्पलाल पाण्डेले सामाजिक सुरक्षा परिचयपत्र उनकै घरमा पु¥याइदिएका हुन । कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुन सक्ने अवस्थालाई ध्यानमा राखेर घरमै परिचयपत्र पु¥याइएको उनले बताए ।

नागरिकता र सामाजिक सुरक्षा भत्ताको पहुँच खुले पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । सुरक्षित आवास नभएकी उनका लागि आगामी मङ्सिरदेखि घर निर्माण गरिदिने प्रतिबद्धता वडाध्यक्ष फेउदिनले जनाएका छन ।

“नागरिकता, सामाजिक सुरक्षा र मोबाइल फोनको व्यवस्था गरेपछि पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । उहाँलाई सुरक्षित रूपमा बस्न मिल्ने घरको आवश्यकता छ । त्यसैले मङ्सिरदेखि घर निर्माणको काम अघि बढाउने योजना बनाएको छु,” उनले भने ।

वडाध्यक्ष फेउदिनले आफ्नो वडाका आर्थिक रूपमा विपन्न, अपाङ्गता भएका तथा उपचार र दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई व्यक्तिगत पहलमा सहयोग गर्दै आएको बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ८ : ५३ बजे

कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी