८ बैशाख २०८१, शनिबार | April 20, 2024

दशैं नलागेको बुटवलको दशैं बजार



बुटवल । दशैं आयो, भारतीय सीमा बन्द छ, यस पटक राम्रो व्यापार होला भनेर आशावादी भएका सिमावर्ती क्षेत्रका व्यवसायीहरु घटस्थापनासम्म आईपुग्दा निरास बनेका छन् ।
दशैं बजारका लागि ऋणधन गरेर सामानको जोहो गरेर ग्राहक कुरेर बसेका ब्यवसायीहरु किनिदिने ग्राहक नआईदिएपछि लगानी डुब्ने चिन्तामा परेका छन् ।

बुटवलको राममन्दिर लाईनमा विगत २० वर्ष भन्दा पहिलेदेखि कपडाको कोरोबार गर्दै आएका त्रिबिक्रम हेजुले २० वर्ष यता अहिले जस्तो मन्दी देखेका थिएनन् ।

कोरोना महामारीले यतिसम्म व्यापार घट्छ भन्ने उनको कल्पनामा थिएन । दशैंको लागि पश्चिम नेपालका विभिन्न जिल्लामा थोकमा कपडा सप्लाई गर्ने उनले दशैंका लागि भन्दै ठुलै लगानी पनि गरेका थिए । तर दशैंको घटस्थापनासम्म आइपुग्दा उनको गोदाममा कपडाको स्टक जस्ताको तस्तै छ । बैंकको ब्याज, किस्ता र साहुको दवाव कसरी थेग्ने ? दशैं आउंदै गर्दा उनलाई पिरलो लाग्न थालेको छ । उनी बुटवलका कपडा ब्यवसायी संघका अध्यक्ष पनि हुन् । सरकारले सिमा बन्द गर्दा नेपाली ब्यवसायीलाई फाईदा नै पुग्ने उनको धारण छ । ‘सीमा बन्दै रहोस्, महामारी पछि त सुध्रियला नी’, उनी आशा व्यक्त गर्छन ।
बुटवलको ट्राफिक चोकमा रेडिमेड व्यापार गर्ने लक्ष्मण कुँवरले पनि यस्तो खालको मन्दी देखेका थिएनन् । बिगत १० वर्ष देखि घटस्थापनाको दिनमा उनले कहिल्यै बिहानको खाना खान पाएनन् ।

दशैंको झण्डै १५ दिन उनलाई भ्याईनभ्याई हुन्थ्यो । ग्राहकको घुईंचोका कारण हप्तौंसम्म बिहानको खाना खाने मेसो मिल्दैन थियो । उनको पसलमा काम गर्ने अन्य कर्मचारीले पनि एकै छिन फुर्सद पाउँदैन थिए । यसपटक पनि उनले कोरोना महामारी भएपनि ब्यापार नघट्ने अपेक्षा गरेका थिए । भारतीय सीमा बन्द भएका कारण बजारमा अलि ब्यापार बढ्ला भन्ने आशा थियो । तर उनको आशा आशा मै परिणत हुने खतरा बढेको उनले अनुमान गरेका छन् ।

जमरा राख्ने दिन सम्म आईपुग्दा पनि उनको पसलमा ग्राहकको चहलपहल छैन । दशैं दशा हुने त होईन ? कुँवरको मनमा चिसो पसेको छ । रेडिमेड ब्यवसायीलाई सीमा बन्दले खासै फरक नपरेपनि समग्र नेपाली बजारलाई भने राम्रो हुनु पर्ने उनको अनुमान छ ।

बुटवलका पुस्तौ देखिका कपडा ब्यवसायी जीवन ओझाको त ब्यापारका बिषयमा भिन्न धारणा छ । अघिल्ला वर्षहरुमा ग्राहक आईदिए हुन्थ्यो भन्ने ब्यवसायीहरु यस वर्ष ग्राहक नआईदिए हुन्थ्यो भन्ने अवस्थाको त्रासमा रहेको उनी बताउँछन् । बैंकर्स पनि रहेका उनले बैंकहरुमा निक्षेप थुप्रिएको, लगानी गर्ने ठाँउ नपाईएको र पुरानो पैसा नउठेका कारण बजारमा शुन्यता छाएका बताउँछन् । माहामारीका बीच अर्थतन्त्र जोगाउने सरकारसँग नीति पनि नभएका कारण माहामारी पछि ठूलो संकट आउने ओझा अनुमान गर्छन् । उनी तिनाउ मिसन डेभलपमेण्ट बैंकका अध्यक्ष पनि हुन् ।

यतिबेला मुलुकको उद्योग, ब्यवसाय र आर्थिक कारोबारको अवस्था अत्यन्त नकारात्मक रुपमा चलेको छ । राज्य उद्योगी व्यवसायीको ब्यवसाय बचाउने भन्दा कसरी उनीहरुबाट कर असुल गर्न सकिन्छ भन्ने विषयमा उद्देत रहेको व्यवसायीको आरोप छ ।

सरकारका सरकारी कार्यालय सञ्चालनको निर्णय होस् वा नीति बनाउने बिषय सबै निर्णयहरु कर असुलिमा केन्द्रित रहेको उनीहरुले बताउने गरेका छन् । सरकारले राजश्व वद्दि गर्ने योजना बनाईरहँदा उद्योगि व्यवसायीको कारोबार बचाउने योजना पनि बनाउन जरुरी छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ०१ बजे

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका