५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ ।

दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री गर्न सुरु गरेको थियो । कम्पनीले यसपटक एक हजार खसीबोका मात्र बिक्रीका लागि राखेको थियो । तर, एक हजार खसीबोका तीन दिनमै बिक्री भएपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरी बिक्री गर्ने निर्णय गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

उनले कम्पनीमा खसीबोका किन्न आउनेको भीड व्यवस्थापन गर्न गाह्रो परेको बताइन् । कम्पनीले केही समय खसीबोका बिक्री गर्न रोकेर टोक्न प्रणालीबाट खसीबोका बिक्री गरेको सुवेदीले बताइन् । उनले बजार मूल्यभन्दा किलोमै करिब एक सय रुपैयाँ सस्तोमा पाइने भएपछि खाद्य कम्पनीमा सर्वसाधारणको भीड लागेको हुनसक्ने बताइन् ।

उनले भनिन्, ‘खाद्यले खसीबोका प्रतिकिलो ५ सय ५० रुपैयाँमा बेचिरहेको छ  । बजारमा किलोकै ६ सय ५० रुपैयाँसम्ममा बिक्री गरिएको छ । खाद्यका खसीबोका स्वस्थ छन्, सस्तो पनि भएकाले धेरै आकर्षण देखियो ।’ खाद्यले खसीबोका तुलसीपुर र हेटौंडाबाट खरिद गरेर ल्याएको हो । खरिद गर्न जिल्ला प्राथमिक खरिद समिति बनाएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् ।

समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा सरकारले किन्छ । त्यसपछि प्रशासनिक र ढुवानी खर्च जोडी बजार मूल्य हेरेर खसीबोकाको मोल निर्धारण गरिन्छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ६ : ५६ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय