२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, चालकसहित ६ जना घाइते



सुर्खेत । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटनामा पर्दा चालकसहित ६ जना घाइते भएका छन्।

कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको डबल क्याब जीप दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीस्थित कर्णाली राजमार्गबाट करिब ३०० मिटर तल भीरमा खसेको हो।

कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख मुकुन्द रिजालका अनुसार सोमबार बिहान करिब ४ः४५ बजे कर्णाली प्रदेश १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खसेको थियो।

दुर्घटनामा चालक कालीकोटको सानी त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिम्खडासहित ६ जना घाइते भएका छन्।

घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय तपेन्द्र सिम्खडा, सानी त्रिवेणी गाउँपालिका–६ का रणे सार्की, ३८ वर्षीया जादुकला सार्की, रास्कोट गाउँपालिकाकी १८ वर्षीया गंगा सार्की र सानी त्रिवेणी–४ की २६ वर्षीया कौसी सार्की रहेका छन्।

प्रहरीका अनुसार योगेश, तपेन्द्र र रणे सार्कीको अवस्था गम्भीर रहेको छ। तपेन्द्रको ढाडमा चोट लागेको छ भने जादुकला र कौसी बोल्न सक्ने अवस्थामा रहेका छन्।

दुर्घटनामा घाइते भएका चालकबाहेक पाँच जनालाई उपचारका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ९ : २६ बजे

दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, चालकसहित ६ जना घाइते

सुर्खेत । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटनामा

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा

रसुवा । भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना

एनपीएलमा आज कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज

आजदेखि कोप-३१ सुरु : वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

काठमाडौं । गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी

सकियो बुटवल दीपावली सडक खाना महोत्सव

बुटवल । बुटवलको सुख्खानगरमा सञ्चालन गरिएको दीपावली सडक खाना महोत्सव-२०८३