१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

लोन्ली प्लानेटको ‘उत्कृष्ट १० गन्तव्य’मा अन्नपूर्ण सर्किट, पर्यटन व्यवसायी उत्साहित



पोखरा । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताए। सापकोटाले भने “अन्नपूर्ण सर्किट चर्चित पदमार्ग हो, यसको प्रचारप्रसार गरेर विश्व बजारमा पु¥याउन खाँचो थियो । लोन्ली प्लानेटले यस क्षेत्रको विशेषतालाई बाहिर ल्याइदिएको छ ।”

यस सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापास सम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राखेको छ । यसबाट पदायात्रा पर्यटनमा आगामी दिनमा सकारात्मक प्रभाव पार्ने विश्वास आफूले लिएको सापकोटाको भनाइ छ ।

यस सर्किटमा अन्नपूर्ण क्षेत्रका दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारसँग रमाउन सकिन्छ । जम्मा २१ दिनको फेरोमा घुम्ने यो चक्रिय मार्ग पछिल्लो समय मोटरेबल बाटोले विस्थापित गदै १४ दिनमा झरेको छ ।

टानले यस क्षेत्रको पदमार्गको संरक्षणका लागि पर्यटन र नयाँ पदयात्राको गन्तव्यको खोजीलाई समेत ध्यान दिएको छ । ्

सापकोटाका अनुसार कोभिड– १९ का कारण जारी बन्दाबन्दीकै समयमा टानले अन्नपूर्ण चक्रियमार्गको प्रवेशद्वार लमजुङको बेशीशहरमाथि खुदीबाट मनाङको तालसम्म मनाङ लमजुङ होटल व्यवस्थापन समितिसँग मिलेर वैकल्पिक पदमार्गको निर्माण गरिएको छ । यसले पर्यटकको ‘लेन्थ अफ स्टे’लाई ६ दिन बढाउने उहाँको विश्वास छ । त्यसैगरी तिलिचो ताल र नार्फू ट्रेकलगायत साइट पदमार्गको प्रवद्र्धनमा टानले पहल गरिरहेको छ ।

रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान)का पोखराका उपाध्यक्ष एवं माउण्ट कैलाश होटलका संचालक नरेश भट्टराईले विश्वमा नेपाललाई चिनाउन यस्ता समाचारले ठुलो भूमिका खेल्ने बताउँदै भने, “अझै पनि हामीले हाम्रो पर्यटकीय गन्तव्यलाई विश्व बजारमा पु¥याउन सकेका छैनौं, यो समाचारले नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यलाई विश्व बजारमा पु¥याउन भूमिका खेल्नेछ ।”

गण्डकी प्रदेशमा सञ्चालनमा रहेका पदमार्गहरु ३९ वटा भन्दा बढी छन्, जसमा अन्नपूर्ण रेन्ज अन्तर्गत २९ वटा पर्दछन् भने धौलागिरी सर्किट ट्रेकिङमा ६ वटा छन् । मनास्लुअन्तर्गत ३ र पर्वतको एक भवरकोट पदमार्ग पर्छ ।

टानले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दिएको तथ्याङ्क अनुसार अन्नपूर्ण सङ्कटग्रस्त अवस्थामा रहेको भनिएकोे छ, जसमा दुई दर्जन बढी स्थान प्रवद्र्धनको पर्खामा छन् । यसैमध्येको अन्नपूर्ण सेरोफेरोमा रोयल ट्रेक ट्रेक सन् १९८० मा वेलायतका राजकुमार चाल्र्सले सुरु गरेका थिए ।

सन् २०५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हार्जोकले अन्नपूर्ण हिमाल आरोहण गरेसँगै नेपालमा पर्यटन विकासको थालनी भएको यस क्षेत्रका जानारहरु बताउँछन् । गण्डकी प्रदेशमा धौलागिरी (८१६७) अन्नपूर्ण (८०९१) मनास्लु (८१५६) गरी तीनवटा हिमाल ८ हजार मिटर अग्ला छन् ।

लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो । यस साइटले अन्नपूर्ण सर्किटलाई स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषतालाई समावेश गर्दै साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने उल्लेख गरेको छ ।

साइटको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुन्ज परेको छ ।-रासस

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ११ : ०० बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले