३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : काेलकातालाई ८ विकेटले पराजित गर्दै बेङ्गलाेर दाेस्राे स्थानमा उक्लियाे



काठमाडाैं । युएइमा जारी १३ औँ संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत राेयल च्यालेञ्जर्स बेङ्गलाेर विजयी भएकाे छ ।

बुधबार राति सम्पन्न आइपिएलकाे ३९औँ खेलमा बेङ्गलाेरले काेलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेकाे हाे ।

८५ रनकाे सामान्य लक्ष्य पाएकाे बेङ्गलाेरले १३.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएकाे थियाे ।बेङ्गलाेरकाे जितमा देवदत्त पडिक्कलले २५, आराेन फिन्चले १६ तथा गुरकिरत सिंह मान र कप्तान विराट काेहलीले नटआउट रनकाे पारी खेले ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ राेजेकाे काेलकाताले ८ विकेटकाे क्षतिमा ८४ रन मात्र बनाएकाे थियाे । काेलकाताका ब्याट्सम्यान बेङ्गलाेरका बलरका सामू निरिह रहे । पावरप्लेमा महत्वपूर्ण चार विकेट गुमाएकाे थियाे ।

काेलकाताका कप्तान इयान माेर्गानले सर्वाधिक ३० रन बनाए । यस्तै लक्की फर्गुसनले नटआउट १९, कुलदीप यादवले १२ तथा टाेम बन्टाेनले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दाेहाेराे स्काेरमा रन जाेड्न सकेन । काेलकातालाई कम स्काेरका राेक्ने क्रममा सिराजले ३, युजवेन्द्र चाहलले २ तथा सुन्दर र नवदीप सैनीले एक/एक विकेट लिए ।

यसअघि भएकाे लिग चरणकाे पहिलाे खेलमा काेलकातामाथि बेङ्गलाेर ८२ रनकाे फराकिलाे अन्तरले विजयी भएकाे थियाे । काेलकातामाथि ८ विकेटकाे जित हासिल गरेकाे बेङ्गलाेरले १० खेलबाट १४ अंक जाेड्दै तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ ।

समान १४ अंक भएपनि दिल्ली क्यापिटल्स रनरेटकाे आधारमा शीर्ष स्थानमा रहेकाे छ । यस्तै मुम्बइ तेस्राे स्थानमा रहेकाे छ भने काेलकाता १० अंकसहित चाैथाे स्थानमा यथावत् रहेकाे छ । यसैगरी, पञ्जाब, राजस्थान, हैदराबाद र चेन्नइ क्रमशः पाँचाैँ, छैटाैँ, साताैँ र आठाैँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ६ : ३१ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको