२१ मंसिर २०८२, आइतबार | December 7, 2025

थला परेका पूर्व लडाकुलाई स्थानीय तहको सहयोग



बर्दिया । बारबर्दिया नगरपालिकाले प्यारालाईसिस भएर थला परेका जनयुद्धमा सहभागि पूर्व लडाकुलाई बिभिन्न सामाग्री सहयोग हस्तान्तरण गरेको छ । स्थानीय ४० बर्षिय रतनबहादुर थापालाई नगरपालिकाले उपचारकालागि र सहज जिवन यापनका लागि सहयोगी सामाग्री सहयोग गरेको हो ।

नगरपालिकाले पूर्व लडाकु थापाको घरमै पुगेर एयर ब्याग बेड २ थान व्हिलचियर, बेड प्यान, युरिनल लगाएतका सामाग्रिहरु हस्तान्तरण गरेको छ । हस्तान्तरण कै अवसरमा २०७२ साल मंसिर देखि थला परेका थापाको स्वास्थ्यजाँच समेत गरीएको थियो ।

सामाग्री हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका सभासद् तिलकशर्मा हिमालले थापाको दैनिकीलाई सहज बनाउनका लागि थप सहयोग जुटाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाए ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु कविरले पूर्व लडाकु थापाले गणतन्त्र स्थापनाकालागि खेलेको भुमिकालाई सम्मानगर्दै उनको सहज जिवन यापनका लागि सबैले सहयोग गर्नुपर्ने बताए । थापाको पारिवारको आर्थिक समस्यालाई समाधान गर्ने बताउँदै उनले थापाका छोरीहरुलाई उच्चशिक्षा सम्म पढाउनका लागि सहयोग गर्ने आश्वासन दिए ।

पूर्व लडाकु थापा ब्लड प्रेसर हाई प्यारालाईसिस भएर २०७२ साल देखि थला परेका छन् । उनको शरिरको बाँयाँतर्फको भाग नचल्ने भएका कारण उठ्न बस्न सक्दैनन् । घरको कमाउने व्यक्ति थला परेपछि आर्थिक अवस्था नाजुकबन्दै गएको थापाकी श्रीमती दयाकुमारी थापा क्षेत्रीले बताईन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : १५ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज