८ बैशाख २०८१, शनिबार | April 20, 2024

चहलपहल छैन भृकुटीमण्डपको खुल्ला बजारमा



काठमाडौं । दशैं शुरु भएपनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन् । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु घरबाट किनमेलका लागि खासै बाहिर निस्किएका छैनन् । काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजारमा पनि खासै चहलपहल देखिएको छैन् ।

काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मूख्य बजार हो । तर यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन् । व्यापारीहरुले ग्राहक नआउँदा दुई तीनदिनमा एकपटक मात्रै बोहनी हुने गरेको बताउँछन् ।

कोभिड १९ संक्रमण जोखिम रोकथामका लागि लामो समय लकडाउन हुँदा मानिसहरुको आम्दानी गुमेको छ । खासगरी निम्न वर्गहरु यसबाट अझबढी प्रभावित भएका छन् । त्यसैलेपनि यो बजारमा आउने ग्राहकहरु यस वर्ष कम छन् ।

भृकुटीमण्डपको यो बजार असोज ३ गते यता निरन्तर खुल्दै आएको छ । दशैंको बेलामा पनि व्यापार कम भएपछि व्यापारीहरु चिन्तित देखिन्छन् । अघिल्लो वर्ष भन्दा यस वर्ष ७५ प्रतिशत व्यापार भटेको उनीहरुको भनाई छ ।

सस्तो र राम्रो सामान पाउने भएकाले पनि यो बजारमा मानिसहरु किनमेलका लागि पुग्ने गर्छन । यो बजारमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीहरु सस्तोमा पाउन सकिन्छ ।

तुलनात्मक रुपमा अन्य बजारमा भन्दा यो बजारमा निकै सस्तो र राम्रो समान पाउने भएकाले निम्न वर्गका लागि किनमेल गर्न उपयुक्त छ । बजारमा भेटिएका ग्राहकहरुले पनि राम्रो र सस्तो समान पाउने भएकाले आफुहरु किनमेलका लागि भृकुटीमण्डपमै आउने गरेको बताएका छन् ।

भृकुटीमण्डपको सस्तो बजार ठूलो पनि छ । अन्य बजारमा भन्दा तुलनात्मक रुपमा सस्तोमा समान पाउन सकिन्छ । त्यसैलेपनि मानिसहरु यो बजारमा किनमेलका लागि आउने गर्छन् ।

तर यस वर्ष कोरोना महामारीका कारण मानिसहरुको क्रयशक्ति घटेकोले किनमेलका लागि आएको देखिदैन । त्यसैले विगतका दशैंमा निकै भिड हुने यो बजार यसपटक सुनसान देखिएको छ ।

 

 

 

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १२ : ०९ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा