१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आईपीएल २०२० : हैदराबादमाथि पञ्जाबकाे राेमाञ्चक जित



काठमाडाैं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग  (आईपीएल) २०२० मा किङ्स इलावेन पञ्जाब विजयी भएकाे छ ।

शनिबार राति भएकाे खेलमा पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनकाे राेमाञ्चक जित हात पारेकाे हाे ।

१ सय २७ रनकाे सामान्य लक्ष्य पाएकाे हैदराबादले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन मात्र बनाउन सक्याे । डेविड वार्नरले पहिलाे विकेटका लागि जाेनी बेइस्ट्राेसँग ५६ रनकाे साझेदारी गर्दै राम्राे सुरूवात दिलाए पनि मध्य तथा तल्लाे क्रमका ब्याट्सम्यानहरू नचल्दा पराजित हुन पुग्याे । वार्नर ३५ तथा बेइस्ट्राे १९ रनमा आउट भए ।

यसैगरी, विजय शंकरले २६, मनिष पाण्डेले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंकमा रन जाेड्न सकेन । हैदराबादलाई सस्तैमा समेट्ने क्रममा पञ्जाबका क्रिस जाेर्डन र अर्शदीप सिंहले ३-३ तथा रवि बिस्नाेइ, मुरूगन अश्विन र माेहम्मद शामीले एक/एक विकेट लिए ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेकाे पञ्जाबले १ सय २६ रन बनाएकाे थियाे । पहिलाे विकेटका लागि ३७ रनकाे साझेदारी गरेकाे लाेकेश राहुल र मन्दीप सिंहले कमशः २७ तथा १७ रनमा आउट भए ।

यसैगरी, निकाेलास पूरनले नटआउट ३२, क्रिस गेलले २० तथा ग्लेन म्याक्सवेलले १२ रनकाे याेगदान दिए । पञ्जाबलाई कम स्काेरमा राेक्ने क्रममा राशिद खान, ज्यासन हाेल्डर र सन्दीप शर्माले समान २/२ विकेट लिए ।

जितसँगै पञ्जाब अंक तालिकाकाे पाँचाै स्थानमा उक्लिएकाे छ । पञ्जाबले ११ खेलबाट १० अंक जाेडेकाे छ भने हैदरबाद ८ अंकसहित छैटाैं स्थानमा रहेकाे छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : १६ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत