२० बैशाख २०८१, बिहिबार | May 3, 2024

तरुण दलले आश्रमलाई खाद्यान्न सहयोग गरि स्थापना दिवस मनायो



बुटवल । ६८ औ स्थापना दिवसको पुर्वसन्ध्यामा नेपाल तरुण दल क्षेत्र न २ क्षेत्रिय समिति रुपन्देहीले मानव सेवा आश्रम बुटवललाई खाद्यान्न सहयोग गरेको छ ।

आईतबार एक कार्यक्रमका बिच नेपाली काग्रेस लुम्बिनी प्रदेशका सभासद फखरुद्धिन खानले आश्रमका प्रदेश संयोजक रुपा केसीलाई करीब २५ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सभासद खानले तरुण दलमा युवाहरु एकतावद्ध भै नेतृत्व र रचनात्मक काममा अग्रसर हुन सुझाव दिए । प्रदेश सरकारको बालहटका कारण धेरै ठूलो दुर्घटना घटेको र यसको जिम्मा सरकारले लिनुपर्ने उनको दाबी छ । कोभिड १९ को संक्रमणको जोखिमको बेला वर्तमान समयमा स्वस्थ्य उपचार सबैभन्दा जटिल समस्याका रुपमा देखिएको भन्दै उनले सर्वोच्चको निशुल्क सेवन दिनुपर्ने आदेश सरकारले कार्यान्वन गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष फनिन्द्र शर्माले मानवसेवा सबैभन्दा ठूलो धर्म भएको बताए । नेपाली काग्रेसको भातृ संगठनका रुपमा रहेको तरण दलकै कारण सबल र बलियो बनेको उनको दाबी छ । बेरोजगार युवाहरुलाई उद्यमशिल बनाउने र देशको अर्थतन्त्र उकास्नेतर्फ सरकारलाई दबाब दिने गरि कार्यक्रम गर्नेतर्फ तरुणको अग्रसरता जरुरी रहेको उनले बताए ।

हरेक तरुण राजनीति, ब्यावसाय र सामाजिक कामलाई अनुसरण गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । क्षेत्र नं २ का सभापति हसन्त लामाले युवाहरुलाई एकतावद्घ गर्दै नेतृत्व विकास र सामाजिक काममा अग्रसर रहेको बताए । हरेक वर्ष कार्तिक १० गते स्थापना दिवसमा आफुहरुले सामाजिक कार्यमा थोरै भएपनि योगदान दिदै आएको उनले बताए ।

कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य दीर्घ बहादुर केसी, नगर सभापति खेलराज पाण्डे, चिरन्जिवी जोशी, नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, जिल्ला अध्यक्ष सोम गुरुङ, जिल्ला कोषाध्यक्ष बासु बश्याल, तरुण दल बुनपा सभापति सुजन पुनले राजधानी सार्ने विषयमा गरिएको आन्दोलनको क्रममा राजनीतिक मुद्दालाई ब्यक्तिगत रुपमा लगाउने काम भएको भन्दै यसतर्फ पार्टीपंक्तिको ध्यानाकर्षण हुनुपर्ने बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : १० बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक