१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कोरोनाले खल्लो बनाएको दशैंको टीका



बुटवल । विगतका वर्षहरुमा दशैंको टीका लगाए लगत्तै सडकमा अन्यत्र टीका लगाउन जानेको भीड देखिने गरेकोमा यस वर्ष त्यस्तो देखिएन ।

झोलामा कोसेली, कानमा जमरा र निधारभरी टीका लगाएर मान्यवरको घरघरमा टीका थाप्न जाने परम्परालाई कोरोना महामारीले अवरुद्ध बनाएपछि यस वर्षको दशैं धेरैलाई खल्लो खल्लो लागेको छ ।

अधिकांस नागरिकले घर परिवारमै दशैंका टीकालाई सीमित बनाएको बताएका छन् । रेडियो टेलिभिजन र सामाजिक सञ्जालहरुबाट घरभित्रै टीका सीमित बनाउन आह्वान गरिए पनि सानो संख्यामा सर्वसाधारण भने सडकमा टीका थाप्न हिँडेको पनि देखिन्थ्यो ।

काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीले निवासमा आमा र गुरूको हातबाट टीका जमरा थापिन । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक टीका लगाएनन् ।

कोरोना महामारीका कारण नेतादेखि जनप्रतिनिधि र सर्वसाधारणको दशैं त्यति उल्लासमय बन्न सकेको छैन ।

बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीलाई त यसपटकको दशैं मनाउनै मन थिएन । जताततै कोरोना संक्रमित नागरिक देखिरहेका बेला आफुलाई टीका थापेर रमाईलो गर्ने मन थिएन । आफ्ना मतदाता र आम नागरिक महामारीमा पिल्सियका बेला मनाएको दशैले आफुलाई उत्साहित नबनाएको उनी बताउँछन् । उनले घरभित्र एकाघरका परिवार मै टीका लगाएर दशैं बनाएको बताए । जीवनमा पहिलो पटक मान्यवरसँग आशिर्वाद नलिई र टीका नथापि मनाएको दशैं आफुलाई अनौठो लागेको उनले बताए ।

उनले मान्यवरसँग सामाजिक सञ्जालबाटै आशिर्वाद मागेको र सञ्जालबाटै शुभकामना दिएका जानकारी दिए ।

नेपालमै चर्चामा रहेका तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे २ दिनअघि मात्र कोरोना मुक्त भएका हुन् ।
२० दिनको आइसोलेसनबाट उन्मुक्ति पाएका उनलाई दशैं निकै खल्लो लागेको छ । यसपटक नरमाईलो र न्यास्रो दशैं महसुस भएको भन्दै घिमिरेले नागरिकले पनि खासै उत्साहका साथ दशैं मनाएको जस्तो आफुलाई नलागेको उनी बताउँछन् ।
२२ दिन पहिले कोरोना पोजेटिभ देखिएपछि १४ दिन पछि पनि पुनस् पोजिटिभ रिपोर्ट आएपछि थप २० दिन आइसोलेसन बसेर २ दिन अघि मात्र उनी कोरोना मुक्त भएका थिए ।

“ठूलो संख्यामा नागरिकहरु आइसोलेसनमा बसिरहेका बेला जन प्रतिनिनिधिलाई दशैं कसरी पो राम्रो हुन सक्छ र ?”, सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्की बताउँछन् ।

मेयर कार्कीले कोरोना भाइरसले नाता सम्बन्ध, मामाघर, ससुराली टिका थाप्न जाने कार्यलाई रोकेर परिवारको सदस्यका बीच मात्र दशैंलाई सीमित बनाउन बाध्य पारेको बताउँदै संस्कृति बचाउने हिसावले मात्र दर्शै मनाईएको बताए ।

 

उता देवदह नगरपालिकाका मेयर हिरा केसी पनि एकाघरका बाबा र आमाको हातको बाहेक अन्यत्र टिका थाप्न गएनन् ।

अघिल्लो दशैंमा नगरका अगुवा जेष्ठ नागरिककोमा टीका थाप्ने गरेकोमा यस वर्ष उनी कतै टीका थाप्न गएनन् ।
आफन्तहरुलाई पनि सामाजिक सञ्जाल र फोन गरेर शुभकामना आदान प्रदान गरे । खल्लो लागे पनि परम्परालाई निरन्तरता दिनकै लागि मात्र दशैं मनाइएको नगर प्रमुख केसीले बताए ।

बाँकेको नेपालगन्ज उपमहानगरकी उप प्रमुख उमा थापा पनि यसै साता कोरोना मुक्त भएकी थिईन् । सधैंका दशैंमा सबै दिदीबहिनीहरु जम्मा भएर बृद्ध बाबा आमाको हातबाट टीका थाप्ने गरिएकोमा यस वर्ष उपप्रमुख थापासहित २ बहिनीहरु अहिले पनि कोरोना संक्रमित रहेका कारण बाबा आमाबाट टिका थाप्ने उनलाई जुटेन ।

 

“बाबा आमाबाट टीका थाप्नै नपाए पछि के को रमाईलो लाग्नु र ?” उनले भनिन् । संक्रमण पुष्टि भएकी आफु अर्की संबमित दिदीको हातबाट टीका थापेर थापाले दशैं मनाईन् ।यस वर्ष नागरिकहरु पनि खासै उत्साहपूर्वक टीका थाप्न हिँडेको आफुले नपाएको बताउँदै उनले फेरि पनि घर परिवारमै सीमित भएर दुःखसुख गर्ने, भलाकुसारी गर्ने अवसरकारुपमा सबैले दशैं मनाएको बताईन् ।


बाँकेकै खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको भने यस वर्ष दशैं थिएन । यसै वर्ष एकाघरकी भाउजुको निधन भएकाले उनले दशैं मनाएनन् । आफुले दशैं नमनाए पनि जनताले समेत कोरोनाका कारण दशैं उत्साहपूर्वक मनाउन नपाएको उनी बताउँछन् । दशैं नमनाए पनि सामाजिक सञ्जालबाट शभकामना आदान प्रदान गरिएको उनले बताए । उनले आम नागरिकले पनि उत्साहका साथ दशैं मनाएको आफुले नपाएको बताउँदै गाँउपालिकाले जो जहाँ छ उहिँ बसेर दशैं मनाउन आह्वान गरेको र धेरै नागरिकहरुले स्वास्थ्य सावधानी अपनाएका कारण बजारमा तामझाम नदेखिएको उनले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ४ : १४ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग