३ चैत्र २०८२, मंगलबार | March 17, 2026

खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो



भक्तपुर । हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा आज दिउँसै सम्पन्न भएको छ ।

कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा आज भने अपरान्ह ४ बजे सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनले भने, “परम्पराअनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालेर खड्ग जात्रा गरी दरबारस्क्वायर र नगरका अन्य क्षेत्रमा परिक्रमा गरिदैँ आएको थियो, तर यस वर्ष कोरोनाका कारण खड्ग जात्रा तलेजुबाट गोल्डेन गेट भित्र औपचारिक रुपमा मात्रै मनाइएको छ, बाहिर परिक्रमा गर्ने परम्परा यो वर्ष रोकिएको छ ।”

त्यसैगरी आजै नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरेका छन् । तलेजु भवानीलाई दिदी र नवदुर्गा भवानीलाई बहिनीको रुपमा मानिँदै आएको बताउदै मूलनाइके जोशीले परम्परा अनुसार आज नवदुर्गा देवगणले तलेजु भवानीको ढोग गरेको जानकारी दिए ।

उनले भने, “परम्पराअनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालेर खड्ग जात्रा गरी दरबारस्क्वायर र नगरका अन्य क्षेत्रमा परिक्रमा गरिदैँ आएको थियो, तर यस वर्ष कोरोनाका कारण खड्ग जात्रा तलेजुबाट गोल्डेन गेट भित्र औपचारिक रुपमा मात्रै मनाइएको छ, बाहिर परिक्रमा गर्ने परम्परा यो वर्ष रोकिएको छ ।”

त्यसैगरी आजै नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरेका छन् । तलेजु भवानीलाई दिदी र नवदुर्गा भवानीलाई बहिनीको रुपमा मानिँदै आएको बताउदै मूलनाइके जोशीले परम्परा अनुसार आज नवदुर्गा देवगणले तलेजु भवानीको ढोग गरेको जानकारी दिए  ।

त्यस्तै तलेजुका ५२८ जना जोशी, राजोपाध्याय र बज्राचार्य थरका रकमी, पुजारीले पूजा गरी आज शुुभसाइतमा टीका ग्रहण गरेका छन् ।

त्यस्तै जीवित देवी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका लगाउन लगाइएको छ ।

सर्वसाधारणलाई गोल्डेन गेटबाट भित्र जान रोक लगाएपछि तलेजुको दर्शन एवं टीका ग्रहण गर्न रोक लगाएको उनले जानकारी दिए ।

भक्तपुर नगरपालिका–१० क्वाठर्डौँस्थित कुमारी घरमा विगतका वर्षमा कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुईचो लाग्ने गरेपनि यस वर्ष भने कोरानाका कारण कुमारीको हातबाट टीका लगाउन रोक लगाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष जीवित देवी एकान्त कुमारी यात्रा समेत रोकिएको छ ।

कुमारी यात्रा रोकिए पछि भक्तपुर तलेजुका रकमी, पूजारीहरु बाजागाजाबिना नै क्वाठडौंँस्थित एकान्त कुमारीको द्योछें पुगेर पूजा गरेका छन् ।

तलेजुको मूलचोकको पश्चिममा रहेको कुमारी चोकस्थित दशैँघर सवारी भएर कुमारीलाई तलेजुका जोशी, राजोपाध्याय र कर्माचार्य पूजारी नाइकेहरुसँगै अरु रकमीले पूजाआजा गर्ने प्रचलन रहेपनि जीवित देवी कुमारी तलेजुस्थित दशैँंघर सवारी नभएपछि सबै कुमारी घर मै गएर विधिवत रुपमा पूजा गरी वेदपाठ, चण्डी पाठ, स्त्रोत्र पाठसमेत गरिएको मूल नाइके जोशीले जानकारी दिए ।

यस वर्ष भैरव र गणेशसहितका ११ गणकुमारी र एकान्त कुमारीको एकै पटक गरिने पूजासमेत रोकिएको छ ।

त्यसैगरी प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१० च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा आज सामान्य रुपमा सम्पन्न भएको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आजको दिन नवदुर्गा भवानी प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।

हरेक वर्ष हजारौको भीड लाग्ने ब्रम्हायणी जात्रा यस वर्ष सामान्य रुपमा मनाइएको छ । ब्रम्हायणी मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाए पछि मन्दिर पुगेका सर्वसाधारणले बाहिरैबाट पूजा एवं दर्शन गरेर फर्किएका छन् ।

यस वर्ष शरीरमा बत्ती बालेर ब्रम्हायणी मन्दिरसम्म यात्रा गर्ने, शरीर नाप्दै घरदेखि मन्दिरसम्म लड्दै आउने परम्परा पनि रोकिएको छ । – रासस

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : ४६ बजे

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दा हेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका