१ पुस २०८२, मंगलबार | December 16, 2025

आईपीएल २०२० : कोलकातालाई ८ विकेटले पराजित गर्दै पञ्जाब चौथो स्थानमा उक्लियो



काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा किङ्स इलावेन पञ्जाब विजयी भएको छ ।

सोमबार भएको रोमाञ्चक खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।

१ सय ५० रनको सामान्य लक्ष्य पच्छाएको पञ्जाबले २ विकेटको क्षतिमा भेट्टाएको थियो । पञ्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले अर्धशतकीय पारी खेले । सिंहले नटआउट ६६ तथा गेलले ५१ रनको योगदान दिए । यस्तै, लोकेश राहुलले २८ रन जोडे ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । कोलकाताका तीन जना खेलाडीले बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न नसक्दा सामान्य प्रदर्शन गरेको थियो ।

कोलकाताका शुभमन गिलले ५७, कप्तान इयान मोर्गानले ४० तथा लक्की फर्गुसनले नटआउट २४ रन बनाएका थिए । कोलकातालाई कम स्कोरमा रोक्ने क्रममा पञ्जाबका मोहम्मद शामीले ३, रवि बिस्नोइ र क्रिस जार्डनले समान २-२ विकेट लिए ।

पञ्जाबले कोलकातालाई पराजित गरेसँगै प्लेअफमा पुग्ने टोलीको समिकरण अझ रोमाञ्चक बन्दै गएको छ । जितसँगै समान १२ खेलबाट १२ अंक जोडेको पञ्जाब कोलकातालाई रनरेटको आधारमा पछि पार्दै चौथो स्थानमा उक्लिएको छ भने काेलकाता पाँचाैं स्थानमा झरेकाे छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : २१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष