११ असार २०८३, बिहिबार | June 26, 2026

आईपीएल २०२० : कोलकातालाई ८ विकेटले पराजित गर्दै पञ्जाब चौथो स्थानमा उक्लियो



काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा किङ्स इलावेन पञ्जाब विजयी भएको छ ।

सोमबार भएको रोमाञ्चक खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।

१ सय ५० रनको सामान्य लक्ष्य पच्छाएको पञ्जाबले २ विकेटको क्षतिमा भेट्टाएको थियो । पञ्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले अर्धशतकीय पारी खेले । सिंहले नटआउट ६६ तथा गेलले ५१ रनको योगदान दिए । यस्तै, लोकेश राहुलले २८ रन जोडे ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । कोलकाताका तीन जना खेलाडीले बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न नसक्दा सामान्य प्रदर्शन गरेको थियो ।

कोलकाताका शुभमन गिलले ५७, कप्तान इयान मोर्गानले ४० तथा लक्की फर्गुसनले नटआउट २४ रन बनाएका थिए । कोलकातालाई कम स्कोरमा रोक्ने क्रममा पञ्जाबका मोहम्मद शामीले ३, रवि बिस्नोइ र क्रिस जार्डनले समान २-२ विकेट लिए ।

पञ्जाबले कोलकातालाई पराजित गरेसँगै प्लेअफमा पुग्ने टोलीको समिकरण अझ रोमाञ्चक बन्दै गएको छ । जितसँगै समान १२ खेलबाट १२ अंक जोडेको पञ्जाब कोलकातालाई रनरेटको आधारमा पछि पार्दै चौथो स्थानमा उक्लिएको छ भने काेलकाता पाँचाैं स्थानमा झरेकाे छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : २१ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा