१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु



एजेन्सी । टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २२ जनाको ज्यान गएको छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण सो क्षेत्रका घरहरु भत्किएका छन् । अहिलेसम्म कम्तीमा २२ जनाको शव भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ ।

टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पका कारण टर्कीमा २० तथा ग्रीसमा दुईजनाको ज्यान गएको पुष्टि भएको हो । भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम बढेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ५५ बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७