२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी



एजेन्सी । भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ ।
महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो ।

बन्दाबन्दी कोभिड सङ्क्रमित भएका क्षेत्रमा लागू हुने निर्देशनमा उल्लेख छ । उक्त क्षेत्रमा अतिआवश्यक गतिविधि मात्र गर्न अनुमति दिइएको छ ।

निर्देशन अनुसार सङ्क्रमण फैलिएका क्षेत्रमा विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थानहरूलाई नोभेम्बरको अन्त्यसम्म बन्द गरिने छ । यद्यपि विद्यालय विभागको सुपरीवेक्षणमा कक्षा नौ र १२ का कक्षाहरूलाई नोभेम्बर १६ देखि सञ्चालनका लागि अनुमति दिइनेछ ।

उडिसा भारतको नवौं बढी प्रभावित राज्य हो । उडिसामा कूल दुई लाख ८८ हजार ६४६ व्यक्ति सङ्क्रमित रहेका छन् भने एक हजार ३०८ जनाको मृत्यु भएको छ ।

यो हप्ताभन्दा पहिले भारतको संघीय गृहमन्त्रालयले सेप्टेम्बर ३० मा जारी गरेको नियन्त्रणका उपायलाई नोभेम्बर ३० सम्मका लागि मान्य हुनेगरी संशोधन गरेको छ ।

शनिबार भारतको स्वास्थ्य मन्त्रालयले भारतभर कोभिड-१९ सङ्क्रमण हुनेको सङ्ख्या ८१ लाख ३७ हजार ११९ पुगेको । एक लाख २१ हजार ६४१ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ५० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय