१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी



एजेन्सी । भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ ।
महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो ।

बन्दाबन्दी कोभिड सङ्क्रमित भएका क्षेत्रमा लागू हुने निर्देशनमा उल्लेख छ । उक्त क्षेत्रमा अतिआवश्यक गतिविधि मात्र गर्न अनुमति दिइएको छ ।

निर्देशन अनुसार सङ्क्रमण फैलिएका क्षेत्रमा विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थानहरूलाई नोभेम्बरको अन्त्यसम्म बन्द गरिने छ । यद्यपि विद्यालय विभागको सुपरीवेक्षणमा कक्षा नौ र १२ का कक्षाहरूलाई नोभेम्बर १६ देखि सञ्चालनका लागि अनुमति दिइनेछ ।

उडिसा भारतको नवौं बढी प्रभावित राज्य हो । उडिसामा कूल दुई लाख ८८ हजार ६४६ व्यक्ति सङ्क्रमित रहेका छन् भने एक हजार ३०८ जनाको मृत्यु भएको छ ।

यो हप्ताभन्दा पहिले भारतको संघीय गृहमन्त्रालयले सेप्टेम्बर ३० मा जारी गरेको नियन्त्रणका उपायलाई नोभेम्बर ३० सम्मका लागि मान्य हुनेगरी संशोधन गरेको छ ।

शनिबार भारतको स्वास्थ्य मन्त्रालयले भारतभर कोभिड-१९ सङ्क्रमण हुनेको सङ्ख्या ८१ लाख ३७ हजार ११९ पुगेको । एक लाख २१ हजार ६४१ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ५० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’