२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पार्टीको विवादबारे जिम्मेवार व्यक्तिले स्पष्ट धारणा राख्नुपर्छ : मुख्यमन्त्री पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले पार्टी भित्र देखिएको विवादका विषयमा जिम्मेवार व्यक्तिले स्पष्ट रुपमा धारणा राख्न सक्नुपर्ने बताएका छन् ।

नेकपामा पछिल्लो समय बढिरहेको विवाद र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलमटारमा राखेको भनाइप्रति लक्षित गर्दै उनले पार्टी भित्रको विवादका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन् ।

आज आफू पक्षधर नेताहरुसँग खुमलटार भेलामा प्रचण्डले पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए । दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका थिए ।

सोही भनाइपछि नेता पोखेरलले विवादका बेला अर्कोले के भन्यो ? भन्दा पनि आफ्नो धारणा के हो ? स्पष्ट हुनुपर्ने बताए ।

‘विवादका बेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिन्छ’, उनको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ०४ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।