२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल २०२० : कोलकाता ६० रनले विजयी हुँदै प्लेअफ नजिक, राजस्थान प्रतियोगिताबाट बाहिरियो



काठमाडौं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । दुबै टोलीका लागि “गर या मर” को स्थितिमा रहेको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको हो ।

१ सय ९२ रनको विशाल लक्ष्यलाई पछ्याएको राजस्थानले १ सय ३१ रन मात्र बनाउन सक्यो । राजस्थानले सुरुवाती पाँच विकेट ३७ रनकाे स्थितिमा गुमाइसकेको थियो । जसमा रोविन उथप्पा ६, बेन स्ट्रोक्स १८, स्टेभन स्मिथ ४, सञ्जु सामसन १ तथा रियान पराग शून्य रनमा आउट भएका थिए ।

इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बट्लरले राहुल तेवाटियासँग मिलेर टोलीलाई ८० रनको स्थितिमा पुर्याएका थिए । बट्लरले आउट हुनअघि २२ बलमा ३५ रन जोडेका थिए । यस्तै, तेवाटिया ३१ रनमा आउट भए ।

यसैगरी श्रेयास गाेपालले २३ तथा जाेफ्रा आर्चरले ६ रन बनाएपनि टाेलीलाई हारबाट बचाउन भने सकेन ।

राजस्थानलाई कम याेगफलमा राेक्ने क्रममा काेलकाताका प्याट कमिन्सले ५, शिभम् मावीले र वरूण चक्रवर्तीले समान २-२ विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।

कोलकाताको सुरुवात भने खराब रह्यो । कोलकाताका नितिश राना पहिलो ओभरको दोस्रो बलमा बलमा शून्य रनमा आउट भए । दोस्रो विकेटका लागि शुभमन गिलले राहुल त्रिपाठीसँग ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर ७३ रनसम्म पुर्याए । गिल ३६ तथा त्रिपाठी ३९ रनमा आउट भए ।

यसैगरी, कोलकाताका सुनिल नारायन र दिनेश कार्तिक पनि विना खाता खोली राहुल तेवाटियको बलमा आउट भए ।

कोलकाताका कप्तान इयान मोर्गानले कप्तानी पारी खेले । उनले ३५ बलमा अविजित ६८ रन बनाए । यसैगरी, आन्द्र रसेलले ११ बलमा ३ छक्का र एक चौकाको मद्धतमा २५ रन जोडे । यस्तै, प्याट कमिन्सले १५ तथा कमलेश नगरकोटी एक रनमा नटआउट रहे ।

राजस्थानका राहुल तेवाटियाले ३, कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर र श्रेयास गोपालले समान एक-एक विकेट लिए ।

राजस्थानमाथिकाे जितसँगै काेलकाता तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । काेलकाता प्लेअफमा पुग्नलाई हैदराबाद र मुम्बइबीचकाे खेलमा हैदराबाद पराजित भएमा मात्र सम्भव हुनेछ । यदि हैदराबाद विजयी भएमा काेलकाता समूह चरणबाटै बाहिरिने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ५ : ५९ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको