११ असार २०८३, बिहिबार | June 26, 2026

आईपीएल २०२० : बेङ्गलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) मा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

सोमबार राति सम्पन्न खेलमा दिल्लीले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै दिल्लीले क्वालिफायरमा मुम्बइसँगको भेट पक्का गरेको छ ।

१ सय ५३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा भेट्टाएको थियो । दिल्लीको जितमा शिखर धवन र अजिङ्क्य रहानेले अर्धशतकीय पारी खेले । धवनले ४१ बलमा ५४ तथा रहानेले ४६ बलमा ६० रन बनाए ।

यस्तै मर्कूस स्टाेइनिस र ऋषभ पन्तले नटआउट १० र ८ रनकाे पारी खेले भने कप्तान श्रेयासले ७ रन बनाएका थिए । यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्गलोरले ओपनर देवदत्त पडिक्कलको अर्धशतकीय पारीको मद्धतमा १ सय ५२ रन बनाएको थियो ।

बेङ्गलोर पडिक्कलले ५०, एबी डि भिलियर्सले ३५, विराट कोहलीले २९, शिभम् दुबेले १७ तथा जोस पिलिपले १२ रन जोडे । मध्यम सुरुवात गरेको बेङ्गलोरले ४.१ ओभरमा अष्ट्रेलियन ब्याट्सम्यान फिलिपलाई १२ रनमा गुमाएको थियो । तेस्रो नम्बरमा आएका कप्तान कोहलीले पडिक्कलसँग ५७ रनको साझेदारी गर्दै टोलीको स्कोर ८२ रनसम्म पुर्याए । आउट हुन अघि कोहलीले २९ रन बनाएका थिए ।

यसैगरी, टोलीको स्कोर १ सय १२ रन हुँदा लगतार दुई बलमा अन्तरालमा पडिक्कललाई ५० तथा अलराउन्डर क्रिस मोरिसलाई शून्य रनमा गुमाएको थियो । दुबैजनालाई एनरिच नोर्ट्जेले आउट गरे । यस्तै, १९औं ओभरको अन्तिम बलमा दुबेपनि रबडाको बललाई खेल्ने क्रममा डिप मिड विकेटमा रहानेद्वारा क्याच आउट भए । एबी डि भिलियर्स २०औं ओभरको दोस्रो बलमा दुई रन लिने क्रममा रनआउट हुन पुगे ।

जितसँगै दिल्लीले १४ खेलबाट १६ अंक जाेडेकाे छ भने बेङ्गलाेरकाे १४ अंकमा सीमित रहँदै तेस्राे स्थानमा रहेकाे छ । बेङ्गलाेरले नेट रनरेटमा काेलकाताभन्दा माथि रहँदै प्लेअफमा स्थान पक्का गरेकाे हाे । मंगलबार लिग चरणकाे अन्तिम खेलबाट प्लेअफमा पुग्ने चाैथाे टाेलीकाे टुंगाे लाग्नेछ ।

भाेली मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबादबीचकाे खेलमा हैदराबाद विजयी भएमा काेलकाता नाइट राइडर्स प्रतियाेगिताबाट बाहिरिने छ भने मुम्बइले जित हात पारेमा हैदराबाद समूह चरणबाटै घर फर्किनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २१ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा