२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

देउराली लघुबित्त बित्तीय सस्थाको समिक्षा बैठक, कोभिडका कारण ऋण लगानी र असुलिमा समस्या



बुटवल । देउराली लघुबित्त बित्तीय संस्थाको बुटवलमा दुई दिने समिक्षा बैठक सुरुभएको छ । बैठकमा सहभागि भएका साखा प्रमुखहरुले कोभिडका कारण ऋण लगानी र असुलीमा समस्या भएको बताएका छन् ।

बुटवलमा केन्द्रियकार्यलय रहेको देउराली लघुबित्तले प्रदेश ५ को ८ वटा जिल्लाका १२ साखाका साखा प्रमुखहरुलाई सहभागि गराई कोरोना संक्रमणले संस्थाको साखा सन्चालन मा पारेको प्रभाव, त्रैमासिक समीक्षा र भाबि योजना र रणनीतिबारे छलफल गरेको छ ।

समिक्षा बैठकको शुभारम्भ गदै संस्थाका सन्चालक दामोदर खनालले कोभिड-१९ का कारण संस्थाको कार्य प्रगतिमा केही प्रभाब पारेपनि चुनौति सगै जुधेर अवसरहरु खोजीगर्नुपर्ने बताए ।

संस्थाले बिपन्न वर्गको उत्थानमा जोडदीदै बिदेशबाट फर्कियका सीपजानेका युबा र कृषि क्षेत्रमा लगानी बढाउन ध्यानदिनुपर्ने समेत खनालले जानकारी दिए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारिअधिकृत शिबप्रसाद ज्ञावलीले संस्थाको गतिबिधी र भाविरणनिती बारे जानकारी दिए । संस्था स्थापनाको यस १० महिनाको अवधिमा रुपन्देही , नवलपरासी ,कपिलवस्तु, पाल्पा , गुल्मी , अर्घाखाँची , बाँके, बर्दिया गरि ८ ,जिल्लामा रहेका १२ साखाले बिभिन्न क्षेत्रमा २८ करोड लगानी गरेको जानकारी दिए ।

यस अबसरमा साखाका प्रसासन प्रमुख गोबिन्द कोईराला लगायत शाखाका प्रमुखहरुले हाल सम्मको गतिबिधि र भाबि रणनिति बारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ८ : ०२ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु