१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन



काठमाडौं । समुदास्तरमा कोरोना भाइरस ९कोभिड– १९० को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए । ‘सातवटै प्रदेशमा विभिन्न समुदाय र समूहका मानिसको नमूना सङ्कलन गरिएको छ’, उनले भने, ‘अव चाँडै नै परीक्षण गरेर सङ्क्रमणको अवस्था पत्ता लगाइने छ ।’

उनले परीक्षणका लागि चाहिने रिएजेन्ट आउने ढिलाइ भएकाले परीक्षण अर्को हप्ता मात्र गरिने बताए । परीक्षण गरेको एक हप्तामा नै नतिजा आउने उनको भनाइ छ । सरकारले कोभिड—१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्थाबारे एन्टिवडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गर्न थालेको हो ।

नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको मानिएको छ । नमूना परीक्षण गरेपछि नेपालमा कुन तहमा सङ्क्रमण फैलिएको भन्ने पत्ता लाग्नेछ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।

सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हुन्छ । नेपालमा कुनै खासखास ठाउँमा ९क्लस्टर० मा सङ्क्रमण फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक गत माघ १० गते नेपालमा पहिलो सङ्क्रमण देखिएको थियो । नेपालमा अहिलेसम्म एक लाख ७६ हजार ५०० सङ्क्रमित फेला परिसकेका छन् ।

महाशाखाले एन्टिवडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वटामा रहेका मानिसको रगतको नमूना सङ्कलन गरिएको बताए । उनका अनुसार एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको छ ।

प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १७० जनाको नमूना सकलन गरिएको छ । नमूना सङ्कलन गरिएकामा बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिस तथा सङ्क्रमित भएका र नभएका रहेका छन् । रासस

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १ : ४२ बजे

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले