३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : बेङ्गलाेरलाई हराउँदै हैदराबाद क्वालिफायरमा प्रवेश



काठमाडाैं । युएइमा जारी १३औं संस्करणकाे इन्डियन प्रिमियर लिग  (आईपीएल २०२०) मा सनराइजर्स हैदराबाद विजयी भएकाे छ ।

शुक्रबार भएकाे खेलमा हैदराबादले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेकाे हाे । जितसँगै हैदराबादले क्वालिफायर-२ मा दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशका लागि भिड्ने भएकाे छ ।

१ सय ३२ रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले २ बल बाँकी रहँदा पुरा गर्दै ६ विकेटकाे जित हात पारेकाे हाे । हैदराबादकाे जितमा केन विलियम्सन र ज्यासन हाेल्डरले अविजित ५० र २४ रनकाे पारी खेले । यस्तै, मनिष पाण्डेले २४ तथा डेविड वार्नरले १७ रनकाे याेगदान दिए ।

बेङ्गलाेरका माेहम्मद सिराजले २ तथा युजवेन्द्र चाहल र एडम जाम्पाले समान एक-एक विकेट लिए । यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा १ सय ३१ रन बनाएकाे थियाे । बेङ्गलाेरका लागि एबी डि भिलियर्सले सर्वाधिक ५६ रनकाे पारी खेले ।

यस्तै, आराेन फिन्चले ३२ रन तथा माेहम्मद सिराजले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंकमा रन बनाउन सकेन ।

हैदराबादले आइतबार फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग क्वालिफायर-२ मा खेल्नेछ भने पराजित बेङ्गलाेर प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : ५४ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज