५ बैशाख २०८३, शनिबार | April 18, 2026

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालको प्रतिवद्धता, – व्यवसायिक हितका लागि राज्यसँग नेगोशिएसन पावर बढाउँछु



नेपालगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि संस्थाको गरिमा र प्रतिष्ठालाई थप उँचो बनाउने बताएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष ढकालले व्यवसायीहरुको साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउन आफुले सबै शक्ति लगाउने बताएका हुन् । ढकालले भने, ‘आधा शताब्दी भन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।’

यसअघि गुलरिया शुक्रबार उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको बताएका थिए । उनीहरुले स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा सदस्यको जस्तो मान्यता पनि नदिनेगरेको गुनासो गरेपछि वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले संस्थाको गरिमा र प्रतिष्ठा बचाइराख्ने प्रतिवद्धता जनाएका हुन् ।

आसन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले भने, ‘हो, म पनि दुई तीन वर्षयता देखि नै देशका प्रायः सबै जिल्लामा पुगेको छु र सबै साथीहरुका समस्या र गुनासाहरु सुनेको छु, उहाँहरुको अनुभव पनि यही छ कि देशको निजी क्षेत्रको यो गरिमामय संस्थाको सम्मान र साख पहिलेको तुलनामा ह्रास हुँदै गएको छ, यसको प्रतिष्ठालाई माथि उठाउन केन्द्रीय पदाधिकारीहरुले नै उल्लेखनीय काम गर्नुपर्नेछ ।’

संस्थाको प्रतिष्ठा र सम्मान रहेमात्रै राज्य र यसका सम्बद्ध निकायहरुले पनि यस संस्थाका प्रतिनिधिहरुका समस्या र गुनासा सुन्ने बताउँदै ढकालले भने, ‘त्यतिबेला हाम्रो नेगोसिएसन पावर बढ्नेछ र जसका कारण समग्र निजी क्षेत्रको प्रवद्र्धन भई देशको आर्थिक विकासमा टेवा पुग्नेछ ।’

‘नेपाल उद्योग वाणिज्य महासंघलाई सरकार, कर्मचारीतन्त्र र राजनीतिक दलका नेताहरु समेतले पनि जुन एउटा इज्जतका साथ हेर्थे र हाम्रा धारणाहरुको सुनुवाई गर्थे अहिले त्यसमा पनि ह्रास आइरहेको मैले पाएको छु’, ढकालले भने, ‘अब हामीप्रतिको समग्र समाजको यो सोँच र व्यवहारमा आमूल परिवर्तन ल्याउनुपर्छ, निजी क्षेत्रका मागहरु सुन्न सकेमा मात्र देशको आर्थिक विकास हुन्छ र यसले मात्र राष्ट्रिय समृद्धि हासिल हुनसक्छ भन्ने वास्तविकता राज्यका समग्र निकायलाई बुझाउन सजिलो हुनेछ ।’

उपाध्यक्ष ढकालले व्यावसायिक हकहितका विषयमा समस्या उत्पन्न भए त्यस्तो अवस्थामा राज्य पक्षसँग नेगोसिएसन गर्न र समस्याको तत्कालै समाधान निकाल्न अग्रसर हुनसक्ने नेतृत्व महासंघलाई आवश्यक रहेको जनाए ।

‘कतिपय हाम्रा अत्यावश्कताका तथा जायज मागहरुको पनि सुनुवाई नभएको अवस्था छ भने कैयौं मुद्धाहरुमा हामी ‘पोलिसी मेकिङ’का हिसाबले पनि सुनुवाईको उपेक्षामा परेको छौं’, ढकालले भने, ‘त्यसैले अबको नेतृत्व यी हाम्रा यावत व्यावसायिकक हकहितहरुलाई राज्यबाट सुनुवाई गराउन सक्ने सक्षम नेतृत्व अबको महासंघलाई चाहिएको हो ।’

त्यसक्रममा उपाध्यक्ष ढकालले आफू महासंघको वरिष्ठ उपाध्यक्षमा आएपछि सबै उद्योगी व्यवसायीको हकहितका विषयमा बहस र पैरवी चलाउने र काम गरेरै देखाउने प्रतिवद्धता पनि जनाए।

‘मैले गएका केही वर्षयतादेखि तपाईं व्यवसायीहरुका यस्तै गुनासा र समस्या सुनेर मुलुकको एक फेरो लगाइसकेको छु, म आफै पनि व्यावसायी भएकोले तपाईँहरुका सानाभन्दा साना देखि ठूला उद्यम व्यवसायका सबै समस्याहरु थाहा छ, त्यसैले म नेतृत्वमा आएपछि यी सबै विषयमा बहस र पैरवी प्रारम्भ गर्नेछु र एक्सनमा नै जानेछु, यो तपाईहरुसँग मेरो वाचा नै हो’, ढकालले भने ।

महासंघमा काम गर्न र निजी क्षेत्रको यो गरिमामय साझा संस्थालाई अझ सक्रिय र सशक्त बनाउन अरुलाई भन्दा आफुलाई बढी सजिलो भएको भन्दै ढकालले व्यवसायीका रुपमा काम गरेकोदेखि देशैभरिका व्यवसायीका समस्या र गुनासाहरु सुनेको अनुभव रहेको सुनाए ।

महासंघको नेतृत्वमा रहेर काम गर्न र यस संस्थालाई व्यवसायी मैत्री बनाउने आफ्नो अवधारणा देशैभरिका उद्योगी, व्यवसायीहरुको रहेको पनि उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : ५५ बजे

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध

‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता