२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

डोनाल्ड ट्रम्पलाई हराउदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडन निर्वाचित



काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिमा जोसेफ आर. बाइडेन जुनियर (जो बाइडेन) निर्वाचित भएका छन् ।

डेमोक्रयाट पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्व उपराष्ट्रपति बाइडेनले वर्तमान राष्ट्रपतिलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।

बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । मतगणना भने अझै पनि जारी छ ।

राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् ।

राष्ट्रपतिमा बाइडेन निर्वाचित भएसँगै उपराष्ट्रपतिमा भारतीय-अफ्रिकी मुलकी कमला ह्यारिस पनि विजयी बनेकी छिन् ।

धेरै अमेरिकीले बाइडनको विजयलाई जातिवादको पराजय भएको टिप्पणी गरेका छन् । बाइडेन विजयी बनेसँगै अमेरिकाका विभिन्न शहरमा उनका समर्थकहरूले विजयउत्सव मनाउन सुरू गरेका छन् । राष्ट्रपति कार्यालय अगाडिसमेत उनीहरूले प्रदर्शन गरेका छन् ।

रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार बनेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल सम्हाल्न नपाउने छैठौं राष्ट्रपति भएका छन् ।

नयाँ राष्ट्रपति बाइडेनले आगामी वर्ष जनवरीमा सपथग्रहण गरेपछि ह्वाइटहाउसको कमाण्ड सम्हाल्नेछन् । त्यसअघि बाइडेनले ह्वाइटहाउसको सचिवालय र आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू चयन गरिसक्नेछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १० : २७ बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान