१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

डोनाल्ड ट्रम्पलाई हराउदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडन निर्वाचित



काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिमा जोसेफ आर. बाइडेन जुनियर (जो बाइडेन) निर्वाचित भएका छन् ।

डेमोक्रयाट पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्व उपराष्ट्रपति बाइडेनले वर्तमान राष्ट्रपतिलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।

बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । मतगणना भने अझै पनि जारी छ ।

राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् ।

राष्ट्रपतिमा बाइडेन निर्वाचित भएसँगै उपराष्ट्रपतिमा भारतीय-अफ्रिकी मुलकी कमला ह्यारिस पनि विजयी बनेकी छिन् ।

धेरै अमेरिकीले बाइडनको विजयलाई जातिवादको पराजय भएको टिप्पणी गरेका छन् । बाइडेन विजयी बनेसँगै अमेरिकाका विभिन्न शहरमा उनका समर्थकहरूले विजयउत्सव मनाउन सुरू गरेका छन् । राष्ट्रपति कार्यालय अगाडिसमेत उनीहरूले प्रदर्शन गरेका छन् ।

रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार बनेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल सम्हाल्न नपाउने छैठौं राष्ट्रपति भएका छन् ।

नयाँ राष्ट्रपति बाइडेनले आगामी वर्ष जनवरीमा सपथग्रहण गरेपछि ह्वाइटहाउसको कमाण्ड सम्हाल्नेछन् । त्यसअघि बाइडेनले ह्वाइटहाउसको सचिवालय र आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू चयन गरिसक्नेछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १० : २७ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’