१७ बैशाख २०८१, सोमबार | April 29, 2024

राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनको पहिलो सम्बोधन : मेरो काम तोड्ने होइन सबैलाई जोड्ने हुनेछ



नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफुले अमेरिकी इतिहासमा अहिलेसम्मकै धेरै मत प्राप्त गरेको बताएका छन् ।

बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकी जनताले आफुमाथि जताएको भरोसालाई टुट्न नदिने प्रतिवद्धता जनाए ।

विजयी सभालाई सम्बोधन गर्दै बाइडेनले आफुले ७.४ करोड भोट पाएको बताउँदै जनताको विश्वासलाई आफुले विनम्रतापूर्वक स्वीकार गरेको जिकिर गरे ।

सम्बोधनका क्रममा उनले भने, म अमेरिकाको राष्ट्रपति बनेको छु । मलाई भोट दिने मतदाता र भोट नदिने मतदाता सबै अमेरिकी नागरिक हुन् । मैले उनीहरु सबैका लागि काम गर्नेछु । म अब कुनै पार्टीको राष्ट्रपति हैन । सबै सँग मिलेर काम गर्नेछु ।

उनले आफु तोड्ने नभै सबैलाई जोड्ने राष्ट्रपति बन्ने प्रतिवद्धता जनाए । रातो रंगको राज्य या निलो रंगको राज्यको रुपमा आफुले नहर्ने उनले स्पष्ट पारे । रातो रंगले रिपब्लिकनलाई जनाउँछ भने निलोले डेमोक्रयाटलाई जनाउँछ ।

बाइडेनले अफ्रिकी अमेरिकी मतदाताहरुलाई विशेष रुपले धन्या दिए । उनीहरुकै कारण बाइडेन सुरुमा पछि परेपनि विजयी बन्ने बाटो खुलेको थियो ।

बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने हुने बताए । यसका लागि उनले सोमबार एक कोर गु्रपको घोषणा गर्दैछन् । वरिष्ठ वैज्ञानिकहरु सामेल सो समहले सन् २०२१ कोे जनवरी २१ देखि काम सुरु गर्नेछ ।

विजय सभालाई उपराष्ट्रपतिमा निर्वाचित पहिलो अमेरिकी महिला कमला ह्यारीसले सम्बोधन गर्दै अमेरिकी महिलाबाट आपु पहिलो उपराष्ट्रपति बनेको र अब यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन ।

उनले आफ्नो जितले सबै अमेरिकी महिलाका लागि असम्भवन भन्ने केही नभएको जिकिर गरिन् । उनले जलवायु परिवर्तनले पारेको असरलाई कम गर्न अमेरिका पुनः सक्रिय रुपमा लागि पर्ने समेत प्रतिवद्धता जनाइन ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : ४२ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको