५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई मेन्सन गर्दै बधाई दिएका हुन् ।

बधाई दिँदै ओलीले दुई मुलुकबीचको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुद बनाउन नयाँ अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने जनाएका छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसैगरी बाइडेनकै पार्टी डेमोक्रयाटको तर्फबाट निर्वाचित ह्यारिस अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपति बनेकी हुन् । उनी भारतीय–अफ्रिकन मुलकी हुन् ।

नेपाल र अमेरिकाबीच धेरैवर्षदेखि सुमधुर सम्बन्ध रहिआएको छ । अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको छ ।

अमेरिकामा जो बाइडेनले कार्यकाल सम्हाल्ने बेलामा नेपालमा चल्ने संसदको हिउँदे अधिवेशनबाट एमसीसी पारित हुन्छ या हुँदैन, अमेरिकासँगको थप सम्बन्ध त्यसमा समेत निर्भर हुने पक्का छ ।

एमसीसी पारित गर्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र तिब्र विवाद रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ४० बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर