२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

दुर्घटना न्यूनीकरण गर्न  ट्राफिक प्रहरीकाे चालकसँग एक मिनेट



कावासाेती । दुर्घटना न्यूनीकरणका लागि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु  गरिएको छ ।

नवलपरासी पूर्वमा पर्ने पूर्व-पश्चिम राजमार्गको नारायणघाट – दाउन्ने खण्ड तथा शहरी क्षेत्र केन्द्रित गरी यो कार्यक्रम सुरु गरिएको हो ।

राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व प्रमुख मुनेन्द्र थापाले बताए ।

गण्डकी प्रदेशभरी नै यो कार्यक्रम आइतबारबाट एकैसाथ सुरु गरिएको प्रमुख थापाले जनाए ।

थापाका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम सुरु गरिएको र पहिलो चरणमा एक महिनासम्म कार्यक्रम सञ्चालन गरिनेछ ।

‘चालकसँग एक मिनेट ’कार्यक्रम अन्तर्गत सवारी साधनलाई रोकेर सम्मानपूर्वक नमस्कार गरी सवारी नियमको पालनाको बारेमा जानकारी गराइने उनले जनाए ।

‘पहिला प्रहरी र चालकबीचको सम्बन्ध सुधार गर्ने, त्यसका लागि सम्मानपूर्वक नमस्कारबाट सुरु गरी नियमहरुको बारेमा जानकारी प्रदान गरिनेछ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भने, ‘अन्त्यमा पनि नमस्कार गरी बिदा गरिनेछ ।’

एक मिनेटमा सवारी साधन चलाउदा अनिवार्य रुपमा सिटबेल्ट लगाउन, मोटरसाइक, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग गर्न, हेल्मेटको फित्ता  लगाउन आग्रह गरिएकाे छ उनले भने ।

जाँडरक्सी सेवन गरेर साधन नचलाउन र तीब्र गतिमा सवारी साधन नचलाउन आग्रह गरिने उनले बताए ।

अहिले कोभिडको महामारीका कारण कम चलेका सवारी साधान क्रमश: धेरै चल्न थालेकाले यस समयमा सवारी दुर्घटनाको जोखिम समेत धेरै हुन सक्ने भएकाले अभियानको थालनी गरिएको र

चालकसँग एक मिनेट कार्यक्रमको क्रममा कोभिड १९ बाट बच्नको लागि अनिवार्य मास्क लगाउन , भौतिक दूरी कायम गर्न समेत आग्रह गरिएकाे उनले बताए ।

‘अहिले कोभिडको जोखिम छ, हामीले बसका चालकसहित यात्रुलाई समेत अनिवार्य मास्क लगाउन समेत अनुरोध गर्ने गरेका छौँ’ प्रमुख थापाले भने।

नवलपुरमा ट्राफिक प्रहरी कार्यालय नवलपुर मार्फत जिल्लाका चार ठाउँमा यो कार्यक्रम सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : ०१ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार