१३ आश्विन २०८३, मंगलबार | September 30, 2026

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त



धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेकपा एमालेको समर्थनमा बहुमत जुटाउँदै भट्टले बिहीबार मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए।

यसअघि ३१ असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो। त्यसपछि शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

शाहको राजीनामापछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

सोहीअनुसार एमालेको समर्थनमा भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री भट्टले आजै दिउँसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ११ : ५२ बजे

‘सरकारी अस्पताल नजिक निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक’

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई पर्याप्त पुँजी,

नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ : वरिष्ठ नेता भण्डारी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

कांग्रेस सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं १ र २