११ असार २०८३, बिहिबार | June 26, 2026

आईपीएल २०२० : हैदराबादलाई हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा



काठमाडाैं । युएइमा जारी १३औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल २०२०)  मा दिल्ली क्यापिटल्स फाइनलमा प्रवेश गरेकाे छ ।

पहिलाे पटक आइपिएलकाे फाइनलमा पुग्ने क्रममा दिल्लीले आइतबार दाेस्राे क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गरेकाे हाे ।

१ सय ९० रनकाे चुनाैती पछ्याउने क्रममा हैदराबादले १ सय ७२ रन मात्र बनाउन सक्याे । हैदराबादका केन विलियम्सनले ६७, अब्दुल सामदले ३३, मनिष पाण्डेले २१, प्रियम गार्गले १६ तथा ज्यासन हाेल्डर र राशिद खानले समान ११-११ रन जाेडे पनि टाेलीलाई जित दिलाउन भने सकेन ।

दिल्लीका कगिसाे रबडाले ४, मर्कूस स्टाेइनिसले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे । यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटकाे क्षतिमा १ सय ८९ रन बनाएको थियो ।

आजको खेलमा दिल्लीलाई ओपनर शिखर धवन र मर्कूस स्टोइनिसले राम्रो सुरुवात दिलाएका थिए । उनीहरुले पावरप्लेमा मात्र ६५ रन जोडेका थिए । साथै, उनीहरुले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । स्टोइनिसले आउट हुन अघि स्टोइनिसले ३८ तथा धवनले ७८ रन बनाएका थिए ।

यस्तै, श्रेयास आयरले २१ तथा शिम्राेन हिटमेयरले अविजित ४२ रनकाे पारी खेले । पहिलाे क्वालिफायरमा दिल्ली मुम्बइ इन्डियन्ससँग ५७ रनले पराजित भएकाे थियाे भने हैदराबादले राेयल च्यालेञ्जर्स बेङ्गलाेरमाथि एलिमिनेटरमा ६ विकेटले विजयी हुँदै क्वालिफायरमा छनाेट भएकाे थियाे ।

दिल्लीले डिफेन्डिङ च्याम्पियन मुम्बइसँग उपाधिका लागि मंगलबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा भिड्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : २७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा