१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

उखु किसान फेरी आन्दोलित



काठमाडौं । चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि पुनः आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताएका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले विगतमा भएको सहमतिसमेत अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले भने, ‘सरकारसँग भएको सहमतिअनुसार गत २५ माघभित्रै सबै बक्यौता पाउनुपर्ने थियो । तर, सम्झौता भएअनुसार हामीले बक्यौता पाएका छैनौं । छठसम्म बक्यौता नपाए २७ मंसिरबाट काठमाडौंको माइतीघर मण्डलामा सबै किसान आएर आन्दोलन गर्नेछौं ।’

उखु किसानको ४१ रुपैयाँ करोड भुक्तानी नगरी उद्योग बन्द भएपछि किसानले दसैंअघि नै बाँकी भुक्तानी गर्ने पर्ने माग गत २६ कात्तिकमा संसदीय समितिमा ज्ञापनपत्रसमेत बुझाएका थिए । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको बताए । उनले सरकार नै मूकदर्शक भएपछि आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताए । उनले चिनी उद्योगीबाट अझै ५० करोडभन्दा बढी रकम लिन बाँकी रहेको बताए ।

तीन वर्ष चिनी उद्योगीले किसानको बक्यौता रकम नदिएपछि काठमाडौंमै आएर आन्दोलन गरेका थिए । आन्दोलनपछि १८ पुस २०७६ मा मन्त्रालयले उखु किसानसँग ५ बुँदे सम्झैतासमेत गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावरण बनाउने र मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष पुग्नै लाग्दा किसानहरूले अझै उखुको पैसा पाएका छैनन् ।

यसैगरी, उखु किसानको ४१ रुपैयाँ करोड भुक्तानी नगरी उद्योग बन्द भएपछि किसानले दसैंअघि नै बाँकी भुक्तानी गर्ने पर्ने माग गत २६ कात्तिकमा संसदीय समितिमा ज्ञापनपत्रसमेत बुझाएका थिए । गत ११ साउनबाट बन्द भएको श्रीराम सुगर मिल्स गरुडा (रौतहट) ले उखु किसानको ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानले समितिलाई जानकारी गराएका थिए ।

मिल बन्द भएपछि उखु किसान र उद्योगका श्रमिकसमेत मारमा परेको भन्दै उद्योगको पुनर्संरचना र बक्यौता रकम भुक्तानीको मागसहित किसानले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका थिए ।

उखु उत्पादक संघ रौतहटले गत २६ कात्तिकमा प्रतिनिधिसभा संघीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा श्रीराम सुगर मिलसँग सम्बन्धित उखु किसान, श्रमिक र उद्योगको समस्या समाधान गरिदिन भन्दै निवेदन गरेका थिए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ३९ बजे

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम