१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चिनियाँ नाकाबाट मालसामान सहज ढुवानीको व्यवस्था मिलाउन महासङ्घको आग्रह



काठमाडौं । व्यवसायीले चीनको नाकाबाट सहज रूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले नाकामा रोकिएका सामान सहजरूपमा ल्याउने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालयका मन्त्री तथा विभिन्न पार्टीका शीर्षस्थ नेतालाई भेटेर ध्यानाकर्षण गराए पनि सामान ढुवानीमा सहज नभएको बताए। “महासङ्घको ध्यानाकर्षणपछि केरुङ, तातोपानीलगायतका नाका खुला भए पनि मालवस्तु सहजरूपमा नेपाल भित्रिन सकेका छैनन्”, उनले भनेका छन् ।

चीनले अहिले दिनमा एक÷दुईवटा मात्र कन्टेनर नेपाल भित्रिन दिएर अवरोध गरिरहेको भन्दै कूटनीतिक वार्तामार्फत सहजरूपमा कन्टेनर नेपाल ल्याउने वातावरण मिलाउन महासङ्घले आग्रह गरेको छ ।

महासङ्घले अहिले पनि नाकामा धेरै कन्टेनर रोकिएको भन्दै नाकामा रोकिएका कन्टेनर सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण नगरे नाकामै धर्ना बस्ने बताएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : ०५ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो