२९ असार २०८३, सोमबार | July 13, 2026

नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाउन यातायात व्यवसायी, मजदूर र बसपार्कबीच सहमति



काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कको रुपमा रहेको नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्नेबारे यातायात व्यवसायी, मजदूर र बसपार्कबीच सहमति भएको छ ।

देशमा प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ बसपार्कमा सञ्चालित टिकट बुकिङ काउण्टरलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्नेबारे आज यातायात व्यवसायी, तीनवटै यातायात मजदूर सङ्गठन र नयाँबसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिबीच सहमति भएको हो ।

सहमति पत्रमा ल्होत्से बहुउद्देश्यीयका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य र तीनवटै ट्रेड युनियनका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष कुँवरले सरकारले लिएको नीतिअनुसार नयाँ बसपार्कलाई व्यवस्थित र प्रविधिमैत्री बनाएर अगाडि बढ्न लागेको जानकारी दिए ।

उनले बसपार्क भित्र कार्यरत कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गरी योग्यताका आधारमा कार्यविभाजन गरी सरकारले तोकेको सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै, यातायात संस्थाको पहिचान सहितको सङ्केत बोर्ड राख्ने र दक्ष श्रमिकहरुबाट सेवा प्रदान गर्न आवश्यक व्यवस्था ल्होत्से सहकारीले गर्ने, झैझगडा गर्ने, डर धम्की दिने, कुटपीट गर्ने, बोर्ड च्यात्ने कार्य आगामी दिनमा कोही कसैले नगर्ने सहमति पत्रमा उल्लेख छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष कर्माचार्यले यातायात क्षेत्रको सुधारका लागि उक्त सम्झौता गरिएको जानकारी दिए । नयाँ बसपार्क राष्ट्रिय बसपार्क भएकाले यसलाई व्यवस्थित गर्ने जिम्मा व्यवसायी, मजदूर र ल्होत्सेको भएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ५९ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले