४ पुस २०८२, शुक्रबार | December 19, 2025

एक महिनासम्म रिर्पोट कुर्दै आइसोलेसनमा



पोखरा । कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका-५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे ।

सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो । एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका लागि भने ३२ दिन कुर्नुपर्‍यो ।

सुरुका दिनमा जस्तो अप्ठेरो नभए पनि उनले घरबाट निस्कन पाएनन् । ‘म निको भइसकेको थिएँ । स्वास्थ्यकर्मीले १४ दिनपछि अरूलाई संक्रमण सर्दैन भनिरहेका पनि थिए,’ उनले भने, ‘तर समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएकाले मैले एक महिना घरभित्रै बस्नुपर्‍यो ।’

स्वास्थ्यकर्मीका अनुसार संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले पुनः परीक्षण गराउनुपर्दैन । संघीय र प्रदेश सरकारले स्वास्थ्यमा समस्या नभएका व्यक्तिले १४ दिनपछि परीक्षण गर्नुनपर्नेगरी छुटकारा पाउने निर्णय गरिसकेको छ ।

तर नेगेटिभ रिपोर्टको पर्खाइमा एक महिनाभन्दा बढी समय घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यता छ । नेगेटिभ रिपोर्ट नआएसम्म समाजले सहज रुपमा हेर्दैन ।

‘समाजले कोरोना संक्रमितलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेगेटिभ रिपोर्ट नआएसम्म म अझै संक्रमित नै हुँ भन्ने मानसिकता हाबी हुने रहेछ । संक्रमण भएको समाजले थाहा नपाए त केही समस्या भएन तर थाहा पाइसकेको अवस्थामा नेगेटिभ रिपोर्टबारे चासो हुने रहेछ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट आयो कि आएन भनेर छिमेकीहरू बारम्बार एकअर्कासँग कानेखुसी गर्छन् ।

समाजकै त्रासका कारण पनि नेगेटिभ रिपोर्ट कुर्नुको विकल्प छैन ।’ उनका अनुसार संक्रमण सार्वजनिक नगरी गुपचुप बस्दा पनि खोजी हुने रहेछ । गण्डकी प्रदेशसभा सदस्य दीपक कोइराला २२ दिनदेखि होम आइसोलेसनमा छन् । कोइराला सुरुका १४ दिन त होटलमा आइसोलेसन बसे ।

त्यसपछि अरूलाई संक्रमण नसर्ने भनेपछि उनी घर फर्किए । तर उनका लागि बाहिर हिँडडुल गर्ने बाटो भने अझै खुलिसकेको छैन । ‘२२औं दिनमा गरेको परीक्षणले पुनः पोजेटिभ रिपोर्ट देखायो, त्यही भएर नेगेटिभ रिपोर्टको पर्खाइमा छुु,’ कोइरालाले भने, ‘म पूर्ण रूपमा स्वस्थ छु । तर मलाई बाहिर हिँडडुलका लागि नेगेटिभ रिपोर्ट प्रमाण चाहिएको छ ।’ नेगेटिभ रिपोर्ट नआएसम्म समाजले संक्रमितकै पहिचान दिलाउने भएकाले पनि घरबाहिर निस्कन नसकेको उनले बताए । ‘१४ दिनपछि संक्रमण सर्दैन भन्ने थाहा पाएर पनि म घरभित्रै रहें,’ उनले भने, ‘किनकि समाजलाई नेगेटिभ रिपोर्ट चाहिएको छ ।’

२२ दिनमा परीक्षण गराउँदा पनि पोजेटिभ रिपोर्ट आएकाले अब अझै एक साता घरभित्रै बस्नुको विकल्प नभएको उनले बताए । ‘समाजलाई बुझाउन उत्ति सहज छैन । मेरो रिपोर्ट के-कस्तो आयो भन्ने चासो छिमेकी र समाजलाई हुन्छ,’ कोइरालाले भने ।

पत्रकार अमृत सुवेदी पनि नेगेटिभ रिपोर्टको पर्खाइमा ३२ दिनसम्म होटल आइसोलेसनमा बसे । लामो समयसम्म होटल आइसोलेसनमा बस्दा धेरै खर्च भएको उनले बताए । ‘३२ दिनसम्म होटलमा बस्न बाध्य हुनुमा नेगेटिभ रिपोर्टको पर्खाइ थियो ।

किनकि मलाई डेरामा छिर्दा घरधनीले नेगेटिभ रिपोर्ट खोज्ने अवस्था थियो,’ सुवेदीले भने, ‘नेगेटिभ रिपोर्ट पर्खिंदा महिना दिनसम्म होटलमा बस्न बाध्य भइयो । शारीरिक रूपमा केही समस्या थिएन ।

लक्षण नहुने व्यक्ति १४ दिनपछि घरबाट बाहिरिन सक्ने भन्ने थाहा पनि थियो । तर समाज, घरधनी र छिमेकीका लागि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य बन्यो । त्यही रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा बित्यो ।’ उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ४८ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता