३ पुस २०८२, बिहिबार | December 18, 2025

रौतहटमा गोली प्रहार गरि १७ वर्षीया युवतीको हत्या



रौतहट । रौतहटमा एक जना युवतीको गोली प्रहार गरि हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका स्थानीय १७ वर्षीया युवतीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माधवनारायण नगरपालिका ७ लौकाहाकी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

मध्यराती आफ्नै घर सुतिरहेकी उनलाई अज्ञात ब्यक्तिले दायाँ कन्चटमा गोली प्रहार गरिएको थियो । उनको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली हान्ने ब्यक्तिले मौका छोपेर बसिरहेको अवस्थामा मृतककी आमा शँेचालय जान ढोका खोलेकै बेला घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलुको प्रहरीको भनाई छ।

प्रहरीले घटनाको मम्भिरताका साथ अनुसन्धान सुरु गरेको रौतहत प्रहरीका प्रवक्ता भरत श्रेष्ठले बताए ।

२०७६ फागुन २५ गते बिहे भएकी अमृताको घरमा कुरा नमिलेपछि सम्बन्ध बिच्छेद गरेर माईतीघर बस्दै आएकी थिईन् ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ११ : ०६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका