२८ भदौ २०८३, आइतबार | September 13, 2026

रौतहटमा गोली प्रहार गरि १७ वर्षीया युवतीको हत्या



रौतहट । रौतहटमा एक जना युवतीको गोली प्रहार गरि हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका स्थानीय १७ वर्षीया युवतीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माधवनारायण नगरपालिका ७ लौकाहाकी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

मध्यराती आफ्नै घर सुतिरहेकी उनलाई अज्ञात ब्यक्तिले दायाँ कन्चटमा गोली प्रहार गरिएको थियो । उनको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली हान्ने ब्यक्तिले मौका छोपेर बसिरहेको अवस्थामा मृतककी आमा शँेचालय जान ढोका खोलेकै बेला घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलुको प्रहरीको भनाई छ।

प्रहरीले घटनाको मम्भिरताका साथ अनुसन्धान सुरु गरेको रौतहत प्रहरीका प्रवक्ता भरत श्रेष्ठले बताए ।

२०७६ फागुन २५ गते बिहे भएकी अमृताको घरमा कुरा नमिलेपछि सम्बन्ध बिच्छेद गरेर माईतीघर बस्दै आएकी थिईन् ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ११ : ०६ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले