१३ श्रावण २०८३, बुधबार | July 29, 2026

आज १६ औं राष्ट्रिय कफी दिवस : आजदेखि न्यूनतम मूल्य तोकियो



काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज (मंसिर १) बाट लागु हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको छ ।

कृषकले उत्पादन गर्दा लाग्‍ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको हो ।

प्रत्येक वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आज (मंसिर १ गते) राष्ट्रिय कफी दिवसका दिन सार्वजनिक गरिँदै आएकामा ‘राष्ट्रिय कफी दिवस’ को १६ औँ संस्करण आज भए पनि कोरोना महामारीका कारण नेपाली जनजीवन सामान्य रूपमा अझै पनि फर्किनसकेकाले बोर्डले यस वर्ष कफी दिवसको मूल समारोह आयोजनामा नगर्ने भएको छ ।

यद्यपि कफी कृषक, सहकारी, उद्योग कफी क्याफे, कफी पारखी र कफीसँग सरोकार राख्‍ने सबै सरोकारवालाहरूलाई १६औँ राष्ट्रिय कफी दिवस यथास्थानमा मनाउन बोर्ड विज्ञप्तिमार्फत अपिल गरेको छ । बोर्डका अनुसार यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्‍नति, आर्थिक प्रगति’ राखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : ३२ बजे

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको