३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

राष्ट्रपति भण्डारीद्वारा ‘नेपाल संवत् ११४१’ को शुभकामना : नेपाल सम्वत् नेपालीको मौलिक राष्ट्रिय सम्वत्



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्र मास गणना गरेर तय गरिने राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालीको मौलिक राष्ट्रिय संवत् भएको बताएकी छिन् ।

नेपाल संवत् ११४१ प्रारम्भ भएको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले लिच्छवीकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको उल्लेख गरेकी छिन् ।

राष्ट्रपतिले सन्देशमा लेखेकी छिन् – ‘यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ, जसलाई नयाँ वर्षका रूपमा विशेष रूपमा मनाउने गरिन्छ ।’

उनले नेपाल सम्वतका अवसरमा राष्ट्रिय विभूति साख्वाको उक्त परोपकारी कार्यको स्मरण गर्दै समाजको उन्नति र प्रगतिका लागि निस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेकी छिन् ।

‘नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ हाम्रा चाडपर्व र यस खालकाअसल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावनाअभिवृद्धिगरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ पुनः नेपाल संवत् ११४१ को हार्दिक शुभकामना व्यक्त गर्दछुु ।’ राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

भणडारीले विश्वव्यापी रूपमा फैलिएको नोवल कोरोनाभाइरस [कोभिड-१९] को बढ्दो संक्रमणका कारण यसबाट जोगिन पूर्व सावधानीका उपायहरूको अधिकतम पालना गर्दै नेपाल संवत्‌को नयाँ वर्ष मनाउनका लागि पनि आह्वान गरेकी छिन्।

भण्डारीले आजै एक अर्को सन्देश प्रकाशित गर्दै तिहारको शुभकामना पनि यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व भएको उल्लेख गर्दे तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन कामना गरेकी छिन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ३७ बजे

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको

तीन लाख नदिए मलेसिया नपठाउने धम्की, म्यानपावरका एजेन्ट पक्राउ

काठमाडौं । सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका

काठमाडौंको थानकोटमा घरायसी विवादले लियो ज्यान, चक्कु प्रहारबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार