१ पुस २०८२, मंगलबार | December 17, 2025

राष्ट्रपति भण्डारीद्वारा ‘नेपाल संवत् ११४१’ को शुभकामना : नेपाल सम्वत् नेपालीको मौलिक राष्ट्रिय सम्वत्



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्र मास गणना गरेर तय गरिने राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालीको मौलिक राष्ट्रिय संवत् भएको बताएकी छिन् ।

नेपाल संवत् ११४१ प्रारम्भ भएको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले लिच्छवीकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको उल्लेख गरेकी छिन् ।

राष्ट्रपतिले सन्देशमा लेखेकी छिन् – ‘यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ, जसलाई नयाँ वर्षका रूपमा विशेष रूपमा मनाउने गरिन्छ ।’

उनले नेपाल सम्वतका अवसरमा राष्ट्रिय विभूति साख्वाको उक्त परोपकारी कार्यको स्मरण गर्दै समाजको उन्नति र प्रगतिका लागि निस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेकी छिन् ।

‘नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ हाम्रा चाडपर्व र यस खालकाअसल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावनाअभिवृद्धिगरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ पुनः नेपाल संवत् ११४१ को हार्दिक शुभकामना व्यक्त गर्दछुु ।’ राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

भणडारीले विश्वव्यापी रूपमा फैलिएको नोवल कोरोनाभाइरस [कोभिड-१९] को बढ्दो संक्रमणका कारण यसबाट जोगिन पूर्व सावधानीका उपायहरूको अधिकतम पालना गर्दै नेपाल संवत्‌को नयाँ वर्ष मनाउनका लागि पनि आह्वान गरेकी छिन्।

भण्डारीले आजै एक अर्को सन्देश प्रकाशित गर्दै तिहारको शुभकामना पनि यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व भएको उल्लेख गर्दे तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन कामना गरेकी छिन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ३७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष