७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

१० दिनभित्र नेपाल आउँदैछन् चिनियाँ विदेशमन्त्री ‘स्टेट काउन्सिलर’ वाङ यी



काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी ले नेपालको भ्रमण गर्ने भएका छन् ।

दक्षिण छिमेकी भारतबाट हुनथालेको उच्चस्तरीय भ्रमणकै क्रममा उत्तरी छिमेकी चीनको तर्फबाट पनि उच्चस्तरीय भ्रमणको सुरुवात हुन थालेको छ ।

विदेशमन्त्री वाङले नोभेम्वरको अन्तिमसम्म नेपाल भ्रमण गर्ने उच्च स्रोतले खबरकुरालाई बताएको छ । यो भ्रमण गत वर्ष राष्ट्रपति सी चिङफिङको भ्रमणपछि चीनबाट हुने पहिलो उच्चस्तरीय भ्रमण समेत हुनेछ ।

भ्रमणको तयारी दुवैदेशबाट सुरु भएको छ । यद्यपी, नेपाली अधिकारीहरु भने चीनबाट चिनियाँ कम्युनिष्ट पार्टीको उच्च नेतृत्वको भ्रमण स्टेट काउन्सिलर स्तरको हुने जानकारी मात्रै भएको बताउँछन् । चिनियाँ विदेशमन्त्री वाङ यी या रक्षामन्त्री वेइ फेङ हे को आउने हुन् भन्नेबारेमा अझै निश्चित नभैसकेको नेपाली पक्षले बताएको छ ।

तर उच्च स्रोतका अनुसार विदेशमन्त्री वाङ नै नेपाल आउने बुझिएको छ । भ्रमणमा राष्ट्रपति, प्रधानमन्त्री, समकक्षी परराष्ट्रमन्त्री, नेकपा अध्यक्ष लगायतको शिर्ष नेतृत्वसँग भेट हुनेछ भने नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्धलाई थप मजबुद बनाउने विषयमा छलफल हुनेछ ।

कोरोना भाइरसको महामारीपछि चिनियाँ नेतृत्वबाट नेपालमा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । महामारीको बीचमा विश्वमा देशहरुबीच पुराना सम्बन्ध र समिकरण भत्किँदै नयाँ सम्बन्धसमेत विस्तार भैरहेका छन् । महामारीलाई चारमहिनाभित्रै नियन्त्रणमा लिन सकेको चीनले त्यसअघि र पछि समेत विश्वका बाँकी मुलुकहरुलाई महामारीविरुद्ध लड्न सहयोग पुर्याउँदै आएको छ । कोरोना महामारीले विश्वका ठूला शक्तिराष्ट्रहरु कमजोर बन्दै गएको बेला चीनले महामारी नियन्त्रणमा सफलता मात्र हात पारेन, छिमेकी देशसहित बाँकी विश्वमा चिकित्सकीय सहयोग गरेर कुटनीतिको नयाँ अभ्यास सुरु गरेको छ ।

यद्यपी, यसैबीचमा अमेरिकी नेतृत्वमा चीन विरुद्ध पश्चिमा मुलुकसहित अमेरिकी धुरीका देशहरुलाई एक बनाउने क्रम सुरु भएको छ भने गत मे महिनादेखि छिमेकी भारतसँग समेत चीन सीमा विवादमा अल्झिएको छ ।

आफु विरुद्धका सबैखाले आरोप र भ्रमहरु चिर्न चिनियाँ नेतृत्वले विश्व्यापी कुटनीतिक सक्रियतालाई बढाएको छ । चिनियाँ उच्चनेतृत्वको हुनलागेको नेपाल भ्रमणलाई पनि त्यसै आयाममा बुझ्नुपर्ने परराष्ट्रमामिला जानकारहरु बताउँछन् । विदेशमन्त्री वाङको नेपाल भ्रमणको समयमा नेपालको आन्तरिक विषयमा मात्रै छलफल नभएर वैश्विक सम्बन्धबारे समेत छलफल हुनसक्ने देखिन्छ ।

त्यसो त, सीमा विवाद बढेपछि भारत र चीनले आफ्ना छिमेकीहरुलाई विश्वासमा लिनका लागि यतिबेला निकै प्रयत्न गरिरहेका छन् । सबैतिर छिमेकीसँग मैत्रिपूर्ण सम्बन्धमा बेलाबेलामा खोट देखाउने भारतले पाकिस्तानबाहेक दक्षिण एशियाका सबै देशमा आफ्ना उच्च कुटनीतिज्ञहरु पठाएर सम्बन्ध सुधार सुरु गरेको छ भने नेपालमा गुप्तचर संस्था रअका प्रमुख र लगत्तै सेना प्रमुखलाई पठाएर एक तिरले दुई निशाना समेत साँधेको छ । यसबाट एकातिर आफ्नो नेपालमा आफ्नो प्रभाव क्षेत्र कायमै राख्न भारतलाई सफलता मिलेको छ भने अर्कोतिर मध्यरातमा प्रधानमन्त्रीसँग गुप्तचर प्रमुखले गरेको भेट र त्यसलाई गरिएको सार्वजनिकरणले राष्ट्रवादी छविमा देखिने गरी दाग लगाइदिन पनि सफलता हासिल गरेको छ । केही दिनभित्रै हुन गैरहेको भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमण र त्यसलगत्तै भारतीय विदेशमन्त्री जयशंकरको सम्भावित भ्रमणले भारतका लागि नेपालको महत्व कति छ भन्ने प्रष्ट देखिएको छ । भारतीय अधिकारीहरुका सबै भ्रमणमा नेपालमा चीनको प्रभाव कमजोर बनोस भन्ने चाहना प्रष्टै झल्किएको छ ।

त्यसो त, नेपालमा यतिबेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (निकपा)भित्र चलेको तिब्र अन्तसंघर्षले सिंगो मुलुक नै प्रभावित भएको छ । कथंकदाचित नेकपा फुटेमा त्यसले नेकपालाई मात्र नभएर मुलुकको राजनीतिक स्थायित्व, समृद्धि र विकासलाई नै पछि धकेल्ने प्रष्ट छ । राष्ट्रपति सी को भ्रमणको समयमा चीनसँग नेपालको रणनीतिक साझेदारी भएको थियो । नेकपासँग चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरको भाइचारा सम्बन्ध रहेको छ । यस्तो बेलामा चीनले नेपालमा भरपर्दो साथी पार्टीमा आउने बिग्रहलाई अवश्य पनि रुचाउन सकेको छैन ।

विदेशमन्त्री वाङको भ्रमणको समय तालिकाले चीनले नेकपा तलमाथि नहोस भन्ने अपेक्षासहित व्यवहा गर्ने बुझ्न सकिन्छ ।

नेपालमा भारतीय भूमिका पुनः ‘माइक्रोम्यानेजमेन्ट’कै तहमा बढ्दै जाँदा चिनियाँ उच्चअधिकारीहरुको समेत भ्रमण तयले नेपालको भूराजनीतिक अवस्थाको महत्वलाई दर्शाएको छ । केही समय अघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भारत, मालदिभ्स र श्रीलंकाको भ्रमण गरी चीन विरुद्ध एकजुट हुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ५६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल