२७ श्रावण २०८३, बुधबार | August 12, 2026

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजाको समापन गरिंदै



काठमाडौं । आज कार्तिक शुक्ल सप्तमी, शनिबार । छठ पर्वको अन्तिम दिन । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज अन्तिम दिन भएकाले उदाउँदो सूर्यलाई अर्घ्य चढाएर समापन गर्न लागिएको हो ।

यस अवसरमा देशका विभिन्न क्षेत्रलगायत काठमाडौं उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौँको संख्यामा सहभागी भक्तजनहरु हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई नदी किनारमा अर्घ्य दिएका थिए । यसलगत्तै भक्तजनहरु रातभर जाग्राम बसेका थिए ।

यो वर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण ठूलो संख्यामा मानिसहरु भेला नहुन सरकारले आग्रह गरेको थियो । छठ पर्व मनाएमा मनोकांक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर अर्थात खरना षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार खान्छन ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।

षष्ठीका दिन रातभर जाग्राम बसी कात्तिक शुक्ल सप्तमी अर्थात आजका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ३० बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको