२५ असार २०८३, बिहिबार | July 9, 2026

तत्कालिन राजा विरेन्द्र शाहको निजी निवास श्रीसदन आइतबारदेखि अवलोकन गर्न पाइने



काठमाडौं । नारायणहिटी राजदरबारमा रहेको तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्य र अधिकारकुमार निराजन शाहको निजी निवस श्री सदन सर्वसाधारणका लागि खुला हुनेभएको छ ।

श्रीसदन खुलाभएसँगै राजारानीको निवास कस्तो होला भन्ने सर्वसाधारणमा रहेको कौतुहलता पनि अब मेटिने भएको छ ।

आज शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

शनिबार श्रीसदन खुला गर्ने कार्यको सुभारम्भ भएपछि आइतबारदेखि सर्वसाधारणका लागि खुला हुने नारायणहिटी दरबार संग्राहलयले जनाएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय घुम्न आउने अवलोकनकर्ताले श्रीसदन र ग्यारेजका साथै गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जनाए ।

युवराजधिराज उमेर पुगेपछि अलग्गै बस्नुपर्ने मान्यताअनुसार तत्कालिन युवराज विरेन्द्रका लागि श्रीसदन निर्माण भएको थियो । विरेन्द्रले आफ्नो डिजाइनमा बनाउन लगाएको श्रीसदन विक्रम संवत २०२३ सालमा निर्माण भएको थियो ।

तत्कालिन युवराज महेन्द्र शाह उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिलमा सरेका थिए भने तत्कालिन युवराज दीपेन्द्र शाह श्रीसदनबाट त्रिभुवन सदनमा सरेका थिए ।

श्रीसदनमा १२ वटा कोठा छन् । तीनतले भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा कोठा, खाना खाने कोठा ९डाइनिङ हल० र विश्राम कोठा रहेको छ ।

श्रीसदनको पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष रहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण लामोसमयदेखि बन्द रहेको नारायणहिटी संग्राहलय आइटबारबाटै पुनः खुल्दैछ । संग्राहलयका लागि काटिने एक टिकटबाट सबै स्थानको अवलोकन गर्न पाइनेछ ।

तर महामारीको संक्रमणलाई ख्याल गर्दै अवलोकनकर्तालाई मास्क लगाउन अनिवार्य गरिएको छ । यस्तै, श्रीसदनबाट गणतन्त्र स्मारकसम्म जान टुकुचा खोलामा पुल नभएका कारण नारायणहिटी परिसर बाहिर निस्केर पूर्वी प्रवेशद्वारबाट स्मारकमा पुग्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ०६ बजे

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२

भेरी-बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने