१५ माघ २०८२, बिहिबार | January 29, 2026

तत्कालिन राजा विरेन्द्र शाहको निजी निवास श्रीसदन आइतबारदेखि अवलोकन गर्न पाइने



काठमाडौं । नारायणहिटी राजदरबारमा रहेको तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्य र अधिकारकुमार निराजन शाहको निजी निवस श्री सदन सर्वसाधारणका लागि खुला हुनेभएको छ ।

श्रीसदन खुलाभएसँगै राजारानीको निवास कस्तो होला भन्ने सर्वसाधारणमा रहेको कौतुहलता पनि अब मेटिने भएको छ ।

आज शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

शनिबार श्रीसदन खुला गर्ने कार्यको सुभारम्भ भएपछि आइतबारदेखि सर्वसाधारणका लागि खुला हुने नारायणहिटी दरबार संग्राहलयले जनाएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय घुम्न आउने अवलोकनकर्ताले श्रीसदन र ग्यारेजका साथै गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जनाए ।

युवराजधिराज उमेर पुगेपछि अलग्गै बस्नुपर्ने मान्यताअनुसार तत्कालिन युवराज विरेन्द्रका लागि श्रीसदन निर्माण भएको थियो । विरेन्द्रले आफ्नो डिजाइनमा बनाउन लगाएको श्रीसदन विक्रम संवत २०२३ सालमा निर्माण भएको थियो ।

तत्कालिन युवराज महेन्द्र शाह उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिलमा सरेका थिए भने तत्कालिन युवराज दीपेन्द्र शाह श्रीसदनबाट त्रिभुवन सदनमा सरेका थिए ।

श्रीसदनमा १२ वटा कोठा छन् । तीनतले भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा कोठा, खाना खाने कोठा ९डाइनिङ हल० र विश्राम कोठा रहेको छ ।

श्रीसदनको पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष रहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण लामोसमयदेखि बन्द रहेको नारायणहिटी संग्राहलय आइटबारबाटै पुनः खुल्दैछ । संग्राहलयका लागि काटिने एक टिकटबाट सबै स्थानको अवलोकन गर्न पाइनेछ ।

तर महामारीको संक्रमणलाई ख्याल गर्दै अवलोकनकर्तालाई मास्क लगाउन अनिवार्य गरिएको छ । यस्तै, श्रीसदनबाट गणतन्त्र स्मारकसम्म जान टुकुचा खोलामा पुल नभएका कारण नारायणहिटी परिसर बाहिर निस्केर पूर्वी प्रवेशद्वारबाट स्मारकमा पुग्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ०६ बजे

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी