२५ असार २०८३, बिहिबार | July 9, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ३९ दिनदेखि बन्द, शैक्षिक कार्यक्रम ठप्प, सरोकारवाला मौन



कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन् । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि तालाबन्दी भएको हो ।

उपकुलपति प्रा डा वाग्लेले प्रतिष्ठानको डिनमा सरस्वती गौतमलाई नियुक्ति गरिसकेपछि दोस्रो डिनका रूपमा केशर रानालाई गरेको र फेरि पनि तेस्रो डिनका रूपमा यही असोज २६ मुनिराज क्षेत्रीलाई नियुक्ति दिएका थिए ।

डिन नियुक्तिमा एकाधिकार लादेर अधिकारको दुरुपयोग गरी संस्थालाई आर्थिक व्ययभार पारेको भन्दै त्यसको विरोधमा प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले तालाबन्दी जारी राखेको छ ।

तालाबन्दी खुल्ने वा नखुल्ने अहिलेसम्म कुनै अत्तोपत्तो छैन तर प्रतिष्ठानका कर्मचारीले भने तिहारमा समेत तलब खान पाएका छैनन् । कल्याणकारी समाजले उपकुलपतिले नियुक्त गरेका तेस्रो डिन फिर्ता लिनुपर्ने माग गरेको छ ।

डिनसहित राखिएका मागबारे छलफल गर्न उपकुलपति प्रा डा वाग्लेले खटाएको प्रतिष्ठान प्रतिनिधिमण्डलले कल्याणकारी समाजसँग पटक–पटक वार्ता गरे पनि त्यसको उचित निकास निस्कन सकेको छैन ।

प्रतिष्ठान केन्द्रीय कार्यालयमा दुई साताअघि पुग्नुभएका उपकुलपति प्रा डा वाग्ले समाजसँग आफैँ बसेर निकास निकाल्ने, तालाबन्दी खोल्ने र शैक्षिक तथा प्रशासनिक अस्तव्यस्ततालाई सुल्झाउन रत्ति पनि चासो नदेखाएको आरोप कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले लगाए ।

यता नेपाल पत्रकार महासङ्घ जुम्लाले उपकुलपति प्रा डा वाग्ले स्वयं केन्द्रीय कार्यालयमा पुगेको दुई साता बढी भइसक्दा पनि प्रतिष्ठानमा ३९ दिनसम्म भएको तालाबन्दी खोल्न चासो नदेखाएको र यहाँ कार्यरत ३५० कर्मचारीलाई तिहारजस्तो समयमा तलब खानबाट बञ्चित गराएको भन्दै ध्यानाकर्षण गरेको छ ।

प्रतिष्ठानको नेतृत्वले फोनसमेत नउठाएर सूचना लिने अधिकारबाट बञ्चित गरेको भन्दै तीनरतीन डिन नियुक्तिले प्रतिष्ठानलाई भर्तिकेन्द्र बनाउने र आर्थिक व्ययभार पार्ने कुराले ध्यानाकर्षण भएको महासङ्घका अध्यक्ष बरमबहादुर महतले बताए । यसबारे उपकुलपति प्रा डा वाग्लेलाई बारम्बार फोन गरे पनि उठ्न सकेन ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ५४ बजे

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२

भेरी-बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने