२१ बैशाख २०८३, सोमबार | May 4, 2026

नेता सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई तुरुन्त कारवाही गर : झलनाथ खनाल



काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार गर्नेलाई तुरुन्त कारवाही गर्न माग गरेका छन् ।

खनालले विज्ञप्ती जारी गर्दै भनेका छन्, कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।

साथै कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न खनालले सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराएका छन् ।

चितवनको राप्ती नगरपालिकास्थित विरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेला सम्बोधनका क्रममा स्थायी कमिटी सदस्य पाण्डेलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै अभद्र व्यवहार गरेका थिए ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाले पनि नेता सुरेन्द्र पाण्डेमाथि भएको आक्रमणको भ्रत्सर्ना गर्दै  छानविनको माग गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : २१ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,