११ भदौ २०८३, बिहिबार | August 27, 2026

यती होटेलमा आगलागी



सोलुखुम्बु । खुम्बुपासाङ ल्हामु गाउँपालिका ३ फाग्दिङस्थित यती माउन्टेन होम (होटल)मा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको छ । आज बिहान करीब ९ बजे विद्युत् चुहिई आगलागी हुँदा होटल पूर्ण रुपमा जलेको छ ।
आगलागीबाट होटलको भौतिक संरचनासहित त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

आगो लागेको करीब पाँच घण्टापछि स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त रिसोर्ट यती ग्रुपमार्फत करीब १२ वर्षअघिदेखि स्थानीयवासी ल्हाक्पासोनाम शेर्पाले सञ्चालन गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : ०५ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा