४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालकी सपना रोका मगर बीबीसीको ‘टप-१०० प्रेरक महिला’को सूचीमा



काठमाडौं। नेपालको म्याग्दी जिल्लाकी सपना रोका मगर बेलायतको लण्डनबाट प्रशारण हुने समाचार संस्था बीबीसीले सार्वजनिक गरेको ‘विश्वका १०० प्रेरक तथा प्रभावशाली महिला’को सूचीमा परेकी छन्।

बीबीसीले राति सार्वजनिक गरेको वर्ष २०२० को ‘प्रेरक तथा प्रभावशाली १०० महिलाको सूची’मा सपना रोका मगरको नाम पनि समावेश गरिएको छ ।

कठीन परिस्थितिमा केही फरक काम र फरक पहिचान कायम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा राखिएको बीबीसीले जानकारी दिएको छ।

बीबीसीमा ‘टप १००’ महिलाको सूचीमा सूचीमा नेपालकी सपनासहित फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिन, न्यु अवतार र मार्भल फिल्मका मिचेल यिओ लगायत छन् ।

अक्फोर्ड युनिभर्सिटीले गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको अनुसन्धानमा जुटेकी सरा गिल्बर्टको नाम पनि टप १०० को सूचीमा समावेश गरिएको छ ।

“यो असाधारण वर्षमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान दिएका छन्। १०० महिलाको सूचीमा एक नाम श्रद्धाञ्जलिको रूपमा ती महिलाहरूको सम्झनामा खाली छोडिएको छ,” बीबीसीले भनेको छ।

बीबीसीले टप १०० प्रेरक महिला भने पनि ९९ जनाको नाममात्र सो सूचीमा समावेश गरेको छ ।

सपना तीनै किशोरी हुन् जसले आफन्तको अभावमा वा कोरोनाको त्रासमा बेवारिसे बनेकाहरुको शव ब्यवस्थापन गर्दै आएकी छिन् ।

उनले १८ वर्षको कलिलो उमेरमै उनले ३ सयवटा बेवारिसे शवलाई हिन्दु परम्पराअनुसार जलाएर अन्तिम संस्कार गरिसकेकी छिन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ४५ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म