१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

एन आई सी एशियाको ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता, उत्कृष्ट फोटो पठाउनेले नगद पुरस्कार जित्ने



काठमाडौ । एन आई सी एशिया बैंकले ‘फोटो–पात्रो २०७८’ प्रतियोगिताको आयोजना गरेको छ । बैंकले ग्राहकसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा उनीहरूले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो । यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुकले Season, Hope & Positivity, Lifestyle र Friendship विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नेछन भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी https://www.nicasiabank.com/photo-patro लिंकमा अपलोड गर्नुपर्नेछ । प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो रू. १०,००० नगद रकम पुरस्कार प्रदान गर्नेछ ।

यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ । प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००८३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० DPIर ल्याण्डस्केप हुनु पर्नेछ । साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ३९ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा