२९ भदौ २०८३, सोमबार | September 14, 2026

एन आई सी एशियाको ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता, उत्कृष्ट फोटो पठाउनेले नगद पुरस्कार जित्ने



काठमाडौ । एन आई सी एशिया बैंकले ‘फोटो–पात्रो २०७८’ प्रतियोगिताको आयोजना गरेको छ । बैंकले ग्राहकसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा उनीहरूले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो । यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुकले Season, Hope & Positivity, Lifestyle र Friendship विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नेछन भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी https://www.nicasiabank.com/photo-patro लिंकमा अपलोड गर्नुपर्नेछ । प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो रू. १०,००० नगद रकम पुरस्कार प्रदान गर्नेछ ।

यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ । प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००८३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० DPIर ल्याण्डस्केप हुनु पर्नेछ । साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ३९ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा