२५ असार २०८३, बिहिबार | July 9, 2026

तिलोत्तमामा १५ शैंयाको सरकारी अस्पताल शिलन्यास



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टामा १५ शैंयाको सरकारी अस्पताल बन्ने भएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैंयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार तिलोत्तमा ६ को आनन्दवन हेल्थ पोष्टलाई स्तर उन्नती गर्दै अस्पताल बनाउन थालिएको हो । नयाँ बन्ने सरकारी अस्पतालको आज एक कार्यक्रमका बीच संघिय सरकारका अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरे ।

२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्ती गरी अस्पताल बनाउन थालिएको हो । अस्पताल पुनःनिर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भु प्रसाद ओझान्ठाक्षले तत्काल १० कट्ठा जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा तत्कालीन दानकर्ताहरुकै छोराहरुले थप ४ कठ्ठा जग्गा उपलब्ध गराएसँगै अस्पतालमा स्तरोन्नती सहज भएको हो ।

हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध हुने छ । शिलन्यास कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले अस्पताल निर्माण कार्यमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । “बजेटको सुनिश्चितता म गराउँछु । तपाईंहरुले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस् ।” अर्थमन्त्री पौडेलले भने ।

तिलोत्तमाको वडा नं. १ र ८ को दुई सय बिगाहा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकैं गेम चेञ्जर प्रोजेक्ट भएको बताउँदै अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापन गरी तिलोत्तमामा बसपार्क, स्तरीय सडक, पूल, सिँचाई नहरलगायत थुप्रैं विकासे योजना अघि बढाइने बताए । तिलोत्तमा व्यवस्थित सहरको रुपमा अघि बढेको बताउँदै उनले व्यवस्थित सहर बनाउने कुनै पनि काममा विचलित नहुन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

तिलोत्तमा नगरका नगर प्रमुख बासुदेव घिमिरेले अर्थमन्त्री पौडेलको पूर्व प्रतिबद्धता अनुरुप अस्पताल निर्माणको क्रम अघि बढेकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताए ।

उनले बसपार्क निर्माण, सिटी कलेज सञ्चालन, सिँचाई नहर, सडक निर्माणमा समेत यथोचित बजेट व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा जग्गादाता मध्येका जीवन प्रसाद ओझाले अस्पताल निर्माणले राष्ट्रिय स्तरमा चर्चा पाएको तिलोत्तमाको प्रतिष्ठालाई अझैं उचाईंमा पुर्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती हुँदा ओझा परिवार गौरवान्वित भएको बताए । त्यसक्रममा जग्गा उपलब्ध गराउने जीवन प्रसाद ओझा, कल्याण प्रसाद ओझा र नारायण प्रसाद ओझालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ५ : ४१ बजे

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२

भेरी-बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने

देशभर मनसुनी प्रभाव, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न