९ चैत्र २०८२, सोमबार | March 23, 2026

एफएनसीसीआई निर्वाचन रोक्ने अन्तिम प्रयासमा सर्वोच्च अदालतको तगारो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न गरिएको प्रयासमा सर्वोच्च अदालत बाधक बनेको छ ।

पर्सि शनिबार हुन लागेको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

महासंघको २ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका शिवशंकर साहमार्फत सो रिट दायर गरेका थिए । साह भावी अध्यक्ष शेखर गोल्छा एवं वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान निकट मानिन्छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले चुनाव जित्ने डरले विपक्षी समुहले योजनावद्ध रुपमा निर्वाचन सार्न खोजेको ढकाल समुहले आरोप लगाएको छ ।

सो रिटमा भएको सुनुवाईमा निर्वाचन रोक्न माग गरिएको अन्तरिम आदेश दिन सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश माग गरेकोमा सो आदेश दिन अदालतले अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले बिहीबार गरेको आदेशमा महासंघको निर्वाचन सरु भइसकेकोले त्यसलाई सुचारु गर्न आदेश दिएको छ ।

महासंघको विधानअनुसार सो निर्वाचन गएको चैत महिनामै हुनुपर्दथ्यो । तर कोभिडका कारण लकडाउन भएपछि यस चुनावी साधारण सभा अहिले मात्र हुन लागेकोले यसको वैधानिकतामाथि प्रश्न उठाउँदै सो रिट दायर गरिएको थियो ।

तर महासंघका वर्तमान उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल स्वयंले महासंघको यो साधारणसभा रोक्न नहुने धारणा राखेका थिए ।

ढकालको पक्षबाट अधिवक्ताहरु रमणकुमार श्रेष्ठ र ललित बस्नेतले बहस गरेका थिए । बिहीबार भएको पहिलो सुनुवाईका क्रममा उनीहरुले उता साधारणसभा सुरु भएर प्रधानमन्त्रीले उद्घाटन गरिसकेको अवस्थमा अन्तरिम आदेश मागको कुनै अर्थ नरहेको भनी तर्क गरेका थिए ।

यसअघि पनि चैत महिनामा हुने अधिवेशनको खासै तयारी नगरेको समुहले अन्तिममा आएर रोक्न भित्रभित्रै प्रयत्न गरेको थियो । तर कोभिडका कारण सरकारले नै चैत ११ गतेदेखि लकडाउन गरेकोले उनीहरुलाई हाइसन्चो भएको कार्यसमितिका एकजना सदस्यले जानकारी दिए ।

त्यसपछि लकडाउन केही खुकुलो भएपछि गत असार २६ र २७ गते महासंघको साधारणसभाको मिति तोकिएकोमा पुनः सोही समुह सक्रिय भएर पदाधिकारी बैठक गराई रोकेको थियो । त्यतिबेला साधारणसभाको अन्तिम तयारी भइरहँदा अकस्मात पदाधिकारी बैठक बोलाएर अनिस्चित कालका लागि रोक्ने निर्णय गरिएको थियो । चन्द्र ढकाल समूहले भने तत्कालै विरोध जनाउँदै साधारणसभा सार्ने जस्तो गम्भीर निर्णयका बारेमा छलफल गर्न तत्कालै कार्यसमितिको बैठक डाक्न माग गरेको थियो ।

ढकाल समूहले त्यसको भोलिपल्टै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्दै साधारणसभा रोक्ने निर्णय गर्ने अधिकार कार्यसमितिलाई मात्र रहेकोमा विधान विपरीत अकस्मात गरिएकोले यो निर्णय आफ्नो समूहले निर्वाचन जित्छ भनेर गरिएको जिकिर गरेको थियो ।

तर, बारम्बार रोकिएको महासंघको साधारणसभा बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिने साधारणसभाको औपचारिक उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीले महासंघको साधारणसभाको उद्घाटन गरिसक्दा पनि अर्को समुहले साधारणसभा रोक्न प्रयास समेत जारी राखेको भन्दै ढकाल समुहले असन्तुष्टि जनाएको छ । २ नं प्रदेशका जिम्मेवार पदाधिकारी नै चुनाव रोक्न माग गर्दै अदालतसम्म पुग्नुलाई चन्द्र ढकाल समूहका एकजना कार्यसमिति सदस्यले अत्यन्तै दुःखद काम भनेका छन् ।

आफूहरुले निर्वाचन जित्ने स्पष्ट संकेत देखेपछि सुरुदेखि नै साधारणसभा सार्ने मात्र खेल अर्को पक्षबाट भएको भन्दै उनले संस्थाको वैधानिकता जोगाइराख्न र आधा शताब्दी भन्दा लामो इतिहास बोकेको गरिमामय संस्थाको प्रतिष्ठालाई विधानसम्मत रुपमा कायम राख्न निर्वाचन हुनुपर्ने माग विगतदेखि नै राख्दै आएको ती सदस्यले जनाए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ७ : ०३ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी