९ पुस २०८२, बुधबार | December 24, 2025

बेपत्ता छानबिन आयोगको टोली जुम्लामा



जुम्ला । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली जुम्लामा पुगेको छ ।

आयोगका सदस्य डा गङ्गाधर अधिकारी नेतृत्वमा बिहीबार जुम्ला पुगेर टोलीले जुम्लाका संचारकर्मीसँग भेटघाट गरेको छ ।

भेटघाटमा सदस्य डा. अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको पहिचान र छुटेका व्यक्तिको उजुरी लिने उद्देश्यले यो समयमा कर्णालीमा पुगेको बताए ।

“आयोगको कार्यक्षेत्र भनेकै छानबिन तथा अनुसन्धान हो”, उनले भने, “यसको मूल लक्ष्य तथा उद्देश्य भविष्यमा द्वन्द्व दोहोरिन नदिने हो ।”

मुलुकभरबाट आयोगमा तीन हजार २२३ उजुरी परेको बताउँदै उनले कर्णालीमा ४०४ उजुरी परेको जनाए । उनका अनुसार साविकको कर्णालीको कालिकोटमा ४५, जुम्लामा २०, मुगुमा २५, डोल्पामा छ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको छ ।

कोरोना महामारीका कारण आयोगले परिणाममुखी काम गर्न नसकेको स्वीकार्दै सदस्य डा.अधिकारीले कर्णालीलाई प्राथमिकतामा राखेर जुम्ला पुगेको आयोगले बेपत्ताहरूको छानबिन, अनुसन्धान र पहिचानका काम अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर यहाँका सरोकारवालासँग छलफल गर्ने बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : ०९ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)