२९ असार २०८३, सोमबार | July 13, 2026

कर्मचारी व्यवस्थापनमा बागमती प्रदेश



बागमती । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि बागमती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ ।

बागमती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरिसकेको छ ।

सोअन्तर्गत प्रदेशका विभिन्न मन्त्रालय, निकाय र कार्यालयहरुका लागि तीन हजार ७६६ स्थायी दरबन्दी र २८३ अस्थायी दरबन्दी कायम हुने गरी कर्मचारी व्यवस्थापनको काम अघि बढाइएको हो ।

प्रदेश सरकारले कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ बमोजिम प्रदेश सेवाको कानून बनेपछि सोहीअनुसार सेवाका शर्तहरु कायम हुने गरी स्वीकृत दरबन्दीमा रिक्त पदहरु पदापूर्ति गर्न प्रदेश लोकसेवा आयोगसँग माग गरेको छ ।

अब वाग्मती प्रदेशअन्तर्गतका सबै मन्त्रालय, निकाय र कार्यालयहरुले आआफ्नो कार्यालयमा रिक्त कर्मचारी तथ्याङ्क पहिचान गरी प्रदेश लोकसेवा आयोगलाई परिपत्र गरेपछि आयोगले थप कर्मचारी व्यवस्थापनको काम अघि बढाउने छ ।

हाल वाग्मती प्रदेशमा आवश्यकताअनुसार कर्मचारी नहुनु, स्पष्ट कानून नहुनु, बजेट खर्च प्रणाली व्यवस्थित नहुनु लगायतका कारण कार्य सम्पादनमा समस्या हुँदै आएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा बिकेले जानकारी दिए ।

प्रदेश सरकारले सबै सरकारी निकायमा रिक्त कर्मचारी व्यवस्थापनको काम पूरा गरेपछि प्रदेश सरकारको कार्य सम्पादनमा थप सहजता हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : १२ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले