२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट



पर्वत । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालको व्यवस्थापन सुदृढीकरण मूल्याङ्कनअन्तर्गत ‘न्यूनतम सेवा मापदण्ड’ मूल्याङ्कनले अस्पतालले पछिल्लो एक वर्षमा व्यापक सुधार गरेको पुष्टि भएको छ । ‘न्यूनतम सेवा मापदण्ड’ मूल्याङ्कनमा गत वर्ष ४७ प्रतिशत नतिजा आएकामा यस वर्ष ७८ प्रतिशत नतिजा आएको हो ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवा गरी तीन वटा मूल विषयभित्र रहेर कूल ७६१ ओटा सूचकमा गरिएको मूल्याङ्कनमा अस्पतालले ती नतिजा पाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले बताए ।

स्वास्थ्य निर्देशनालयले पर्वत अस्पतालमा भइरहेका शल्यक्रिया सेवा, डिजिटल एक्स–रे सेवा, ल्याब सेवा, मिर्गौलाको डाइलोसिस सेवा, शव चिस्यान केन्द्र, अक्सिजन प्लान्ट, सघन उपचार केन्द्र र भेन्टिलेटर सञ्चालन, गरीबका लागि विपद् कोष स्थापना, विशेषज्ञ सेवा, अत्याधुनिक अस्पताल भवन निर्माण, आयव्यय हिसाब सफ्टवेयर प्रणालीमा लैजानु, विदेशमा रहेका नेपालीसँगको सहकार्यमा आधुनिक उपकरण ल्याउनु, गत वर्ष स्वीकृत भएका सबै बजेट शीर्षकमा काम पूरा गरेर बजेट ‘फ्रिज’ हुन नदिनुलगायतलाई उल्लेख्य उपलब्धिको रूपमा लिएको हो ।

अघिल्लो अवधिमा प्राप्त भएको नम्बरमा एकै अवधिमा ३१ नम्बर बढी ल्याउने पर्वत अस्पताल गण्डकी प्रदेशकै पहिलो भएको उनको भनाइ थियो । ‘‘एक वर्षको अवधिमा यति ठूलो प्रतिशत अन्तरको नम्बर ल्याउन अस्पताल सफल भएको छ,’’ उनले भने, “अस्पतालमा शुरु भएका भौतिक निर्माणका काम र यहाँबाट प्रदान भइरहेका सेवा दुवै पक्षमा राम्रो सुधार भएको छ ।’’

पछिल्लो समय अस्पतालमा थप हुँदै गएका सेवा सुविधालाई निर्वाध रूपमा सञ्चालन गर्न सक्नुपर्ने उनको सुझाव छ । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले व्यवस्थापन समितिको क्रियाशीलता, स्रोतसाधन जुटाउन गरेको मिहेनत, विभिन्न सङघसंस्थाको सहयोग तथा अस्पतालका कर्मचारीको अथक प्रयासले मात्रै अस्पतालको सेवा सुविधामा सुधार भएको र उल्लेख्य नतिजा हासिल गरेको बताए । ‘‘यो सफलता पाउनको लागि सरकारदेखि मातहतका निकाय, अस्पताल विकास समिति, सहयोग तथा चन्दादाता, कार्यरत कर्मचारीलगायत सबैको अमूल्य पसिना परेको छ,’ उनले भने ।”

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १ : ०३ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज