२० माघ २०८२, मंगलबार | February 3, 2026

दक्षिण सुडानमा नेपाली शान्ति सेनाको पराक्रम, जातीय हिंसाको भयानक दुर्घटना रोक्न सफल



काठमाडौं । नेपाली सेनाले दक्षिण सुडानमा ठूलो जातीय हिंसा रोक्न सफल भएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनाले हिंसा नियन्त्रण गर्दै सम्भावित ठूलो दुर्घटना टार्न सफल भएको छ ।

दक्षिण सुडानस्थित क्युबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको टम्पोररी अपरेटिङ्ग वेश (टिओबी) बाट ७० किलोमिटर उत्तरपश्चिमा रहेको क्युवेट मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकको टोलीले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

गणको हेडक्वार्टर तैनाथ रहेको स्थान रुम्बेक बाट करिब ७० किमि उत्तर पश्चिममा अवस्थित क्युबेट इलाका नजिकै रहेको काटेल क्याम्पमा चोरी गर्न आएको भनिएको कंगोर जातिको एक व्यक्तिको झडपमा मृत्यु भएपछि घटनाले जातीय रुप लिन लागेको थियो । सुडानमा कंगोर र अयल जातिका मानिसहरुबीच बारम्बार हिंसा मच्चिरहने गर्छ ।

हिंसा भड्किन सक्ने खबर प्राप्त हुनासाथ टिओबीबाट सहसेनानी विज्ञान बिष्टको कमाण्डमा एक से.मु.को नफ्रिमा क्वीक रियक्सन फोर्स (क्वीआरएफ) सो इलाकातर्फ परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त ईलाकाको सुरक्षा स्थिति सामान्य भए पश्चात यूएन मिसनका अन्य कम्पोनेन्टहरुबाट त्यहाँस्थित विभिन्न जातीय समुदायबीच शान्ति कायम गराउने कार्य शुरु गरेको पनि सेनाले जनाएको छ ।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानलाई संयुक्त राष्ट्र संघबाट उच्च प्रशंसा भएको निर्देशनालयले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ३ : २६ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज