१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दक्षिण सुडानमा नेपाली शान्ति सेनाको पराक्रम, जातीय हिंसाको भयानक दुर्घटना रोक्न सफल



काठमाडौं । नेपाली सेनाले दक्षिण सुडानमा ठूलो जातीय हिंसा रोक्न सफल भएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनाले हिंसा नियन्त्रण गर्दै सम्भावित ठूलो दुर्घटना टार्न सफल भएको छ ।

दक्षिण सुडानस्थित क्युबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको टम्पोररी अपरेटिङ्ग वेश (टिओबी) बाट ७० किलोमिटर उत्तरपश्चिमा रहेको क्युवेट मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकको टोलीले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

गणको हेडक्वार्टर तैनाथ रहेको स्थान रुम्बेक बाट करिब ७० किमि उत्तर पश्चिममा अवस्थित क्युबेट इलाका नजिकै रहेको काटेल क्याम्पमा चोरी गर्न आएको भनिएको कंगोर जातिको एक व्यक्तिको झडपमा मृत्यु भएपछि घटनाले जातीय रुप लिन लागेको थियो । सुडानमा कंगोर र अयल जातिका मानिसहरुबीच बारम्बार हिंसा मच्चिरहने गर्छ ।

हिंसा भड्किन सक्ने खबर प्राप्त हुनासाथ टिओबीबाट सहसेनानी विज्ञान बिष्टको कमाण्डमा एक से.मु.को नफ्रिमा क्वीक रियक्सन फोर्स (क्वीआरएफ) सो इलाकातर्फ परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त ईलाकाको सुरक्षा स्थिति सामान्य भए पश्चात यूएन मिसनका अन्य कम्पोनेन्टहरुबाट त्यहाँस्थित विभिन्न जातीय समुदायबीच शान्ति कायम गराउने कार्य शुरु गरेको पनि सेनाले जनाएको छ ।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानलाई संयुक्त राष्ट्र संघबाट उच्च प्रशंसा भएको निर्देशनालयले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ३ : २६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा